news and more entertainment

चरी हत्याको विषयमा कारण देखाउ आदेश

डन चरी’ उपनामले परिचित दिनेश अधिकारीलाई प्रहरीले हत्या गरेको भन्दै किटानीसहितको जाहेरी दर्खास्त दर्ता नगर्नुको कारण १५ दिनभित्र पेस गर्न आज सर्वोच्च अदालतले विपक्षीका नाममा आदेश जारी गरेको छ । लिखित जवाफ परेपछि सो निवेदनलाई अग्राधिकार दिएर इजलासमा पेस गर्न न्यायाधीश गोपाल पराजुलीको एकल इजलासले आदेश दिएको हो । प्रहरीसँगको भिडन्तमा गत साउन २१ गते chariमारिएको भनिएका चरीलाई प्रहरीले नै हत्या गरेको भन्दै निजका दाजु ध्रुव अधिकारीले महानगरीय प्रहरी परिसर हनुमानढोकामा किटानीसहित जाहेरी दिएका थिए । प्रहरीले सो जाहेरी दर्ता गर्न नमानेकाले दर्ताका लागि अन्तरिम आदेश जारी गर्न माग गर्दै उनले महानगरीय प्रहरी परिसरविरुद्ध गत शुक्रबार अदालतमा निवेदन दर्ता गराएका थिए ।   भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget