२२ भदौ एजेन्सी ।
भारतको कन्नड फिल्ममा काम गरिसकेकी एक्ट्रेस श्रुती चन्द्रलेखालाई पतिको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।
२२ वर्षीय श्रुतीले २ जना सहयोगी र ५ जना अन्य ब्यक्तिको मद्दतले पति एस रोनाल्डको पीटर प्रिंजो लाई ८ महिना पहिले तमिलनाडुको मदुरावोयलमा हत्या गरेको आरोप लागेको छ । पीटरले श्रुतीलाई पार्न पिल्ममा काम गर्न दबाब दिएको र श्रूतीले २ जना सहयोगीको विशेष मदतमा हत्या गरेको भारतीय सञ्चामाध्यमले जनाएका छन् ।
हत्यापछि पीटरको शवलाई ५ जना अन्य ब्यक्तिको सहयोगमा तिरुवावेली जिल्लाको पलायम काट्टीमा गाडेकी थिइन् । प्रहरीले श्रूतीका सहयोगी जाँन प्रिंसन, गान्धी मथिनाथन, विजय, विथोन निर्मल र रफिकलाई गत जनवरीमै गिरफ्तार गरिसकेको थियो । पीटरको हत्यामा संलग्न उमा चन्द्रन र एलिसा फरार रहेको भारतीय प्रहरीले जनाएको छ । श्रुतीले पीटरसंग विवाह गर्नुभन्दा पहिले मंजुनाथ नाम भएको उक ब्यक्तिसंग विवाह गरेकी थिइन् । त्यतिबेला श्रुतीको उमेर १६ वर्ष थियो । त्यसपछि उनि पीटरसंग प्रेममा परेर उनैसंग विवाह गरेको खबर छ ।
विवाहका बेला श्रुतीका पति पीटर तिरुणबेलीमा उमाचन्द्रन र जाँन प्रिंसनसँगै मिलेर एक अनलाइन ग्रोसरी पसल चलाउथे विवाहपछि घाटा भएपछि उनले बिजनेश बन्द गर्नुपरेको थियो । बिजनेश धरापममा परेपछि पीटरले सहयोगीहरुसँग आफ्नो शेयर फिर्ता माग्न थाले तर उनका सहयोगीहरुले सो कुरा अस्विकार गरेका थिए ।
सो घटनाको अनुसन्धानमा खटिएका एक अधिकारीका अनुसार शेयर फिर्ता गराउने दबाब दिनका लागि पीटरले पोर्न फिल्म बनाउने फैसला गरे जसमा पत्नि श्रूतीलाई काम गर्न दबाब दिए । श्रुतीले प्रहरीलाई दिएको बयानका अनुसार पीटरले श्रुतीलाई त्यो पोर्न फिल्ममा गु्रप सेक्स गर्न दबाब दिएका थिए तर श्रुतीले सो कुरा अस्विकार गरेकी थिइन् । अधिकारीहरका अनुसार सोही पोर्न पिल्ममा खेल्न पतिले दबाब दिन थालेपछि विवाद उत्पन्न भयो ।
पछि श्रुतीले पतिलाई दुधमा विष हालेर खुवाइन् । त्यसपछि तिनै सहयोगीको मद्दतमा बेहोस अवस्थामा रहेका पीटरलाई घाँटी थिचेर हत्या गरेकी थिइन् । यो घटना जनवरी १८ तारिखको हो त्यसको १५ दिनपछि श्रुती आफैले आफ्नो पति हराएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले घटना अनुसन्धान गर्दै जाँदा श्रुती माथि नै शंका लागेपछि उनलाई गिरफ्तार गरिएको सञ्चारमाध्यमले जनाएका छन् । गिरफ्तारपछि प्रहरीसंगको बयानमा श्रुती आफैले सो कुरा खुलासा गरेकी हुन् । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Post a Comment