news and more entertainment

रिसको झोकमा पत्नीलाई निवस्त्र पारेर पुरै गाउँ नै घुमाइदिएपछि

भारतमा पति र पत्नी बिचको सामान्य विवादले चर्को रुप लिएपछि पतिले अति निकृष्ट कार्य गरेका छन् । उनले आफ्नी पत्नीलाई नांगै बनाएर पुरा गाउँ नै घुमाइदिएका छन् । तर अचम्म त के रह्यो भने यस विरुद्ध हालसम्म प्रहरीमा कुनै उजुरी परेको छैन । छत्तीसगढमा भएको उक्त घटना त्यहाँका मुख्यमन्त्रीको गृहनगर रहेको बताइएको छ । सहसपुर प्रहरी चौकीका प्रंमुख प्रभावभरी सतीश सिंहले दिएको जानकारी अनुसार पतिपत्नीबिचको झगडा रहेको र पिडित भनिएकी पत्नीले यसबारे कुनै रिर्पोट दर्ता गराएकी छैनन् । 

कोयलरी गाउँमा बस्दै आएका ४० वर्षिय मनिराम साहूको आफ्नी पत्नीसँग कुनै विषयलाई लिएर झगडा भएको थियो । झगडा भएकी महिला मनिरामकी दोस्रो पत्नी भएको र तीन बच्चाकी आमा समेत रहेकी बताइएको छ । 

विवाद यसरी बढ्दै गएको कि मनिरामले आफ्नै पत्नीलाई रिसको सुरमा पिट्दै निवस्त्र पारेर पुरै गाउँ नै घुमाइदिएका थिए । विहान सात बजेतिर गाउँका मानिसहरु त्यो घटना देखेर लज्जाबोध भएका थिए । उनीहरुले तत्काल प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी आउँदासम्म मनिरामले आफ्नी पत्नी घर लगिसकेका थिए । घरमा नै गएको प्रहरीले कपडा लगाएर बच्चा स्यार्दै गरेको महिलालाईै देखेपछि वाल्ल परेको थियो । मनिराम भने सुतिरहेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । प्रहरीले केही घटना भएको ठाउँमा केही नदेखेपछि फर्किएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget