news and more entertainment

यु.ए.ई दुबईमा मा श्री कृष्ण जन्मोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न

10617632_648755141898124_188650340_n
 भएको थियो२०७१ भदौ ७ गते
दिपक शर्मा बजगाई U.A.E दुबई
श्री कृष्णप्रणामी युवा परिषद,यु ए इ को आयोजनामा श्री कृष्ण जन्मअस्टमी महोत्सब भव्यताका साथ सम्पन्न भएको छ ! “दुर्व्यसन त्यागौं, सेवामुखी बनौं” भन्ने मूल नाराका साथ केहि समय पहिले मात्र स्थापित यस सस्था ले हामी देश-परदेश जहाँ रहेपनि हाम्रो धर्म प्रतिको आस्था र बिस्बाश लाई जागृत राख्न को लागि धर्म सस्कृति लाई जगेर्ना गर्नको लागि सम्पूर्ण युवा हरुलाई समेट्दै सत्संग मार्फत भजन किर्तन ,प्रवचन लगायतका कार्यक्रम गरि आध्यात्मिक चिन्तन बढाउनु का साथै सामाजिक/परोपकारी कामहरु पनि गर्दै आइरहेको छ ! बरदुबई स्थित अरब उडुपी होटलमा भएको यस श्री कृष्ण जन्मअस्टमी महोत्सब कार्यक्रम को शुरुवातमा श्री ५ नवतनपुरी धाम बाट श्री कृष्ण प्रणामी धर्मका बर्तमान गाधिपति श्री १०८ कृष्णमणि महाराज जी ले टेलिफोन मार्फत कार्यक्रम सफलता र श्री कृष्ण जन्मअस्टमी को शुभकामना ब्यक्त गर्दै सम्पूर्ण सुन्दर्साथ तथा भक्तजनहरुमा आशिर्बचन प्रदान गर्नुभएको थियो !
श्री कृष्ण प्रणामी युवा परिषद यु ए इ का सस्थापक अदक्ष्य घनश्याम नेपाल ज्युको सभापतित्व , एन आर एन मध्यपूर्व संयोजक श्री चन्द्र रोक्काको प्रमुख आतिथ्य तथा नेपालि समाज यु ए इ का अध्यक्ष्य ज्ञानेब्द्र बहादुर कार्की ,नेपाल पत्रकार महासंघ यु ए इ शाखाका अध्यक्ष अर्जुन दाहाल, हिन्दु जागरण यु ए इ का प्रतिनिधि राजुराम फुयाल लगायत भिभिन्न संघसस्थामा आबद्द सस्थाका प्रतिनिधि ज्यु हरुको बिसेस आतिथ्यमा सम्पन उक्त कार्यक्रममा श्री कृष्ण प्रणामी युवा परिषदका सदस्य दिपक बजगाई ले स्वागत मन्तन्य दिनुभएको थियो भने सस्थाका उपाध्यक्ष श्याम पोख्रेल जीले सस्थाको गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो ! सस्थाको उदेश्य ,गतिबिधि तथा भावी योजनाको बारेमा बताउदै उपाध्यक्ष श्याम पोखरेल जी ले हाम्रो आफ्नो धर्म को नियम लाइ पालना गर्ने र धर्म सस्कृतिको जगेर्ना गर्दै सम्पूर्ण युवाबर्गलाइ दुर्व्यसनी ,कुलत मार्गमा लाग्न बाट सचेत गराउने त्यस्तै अन्य संघसस्था हरु सग समन्वय ,सहकार्य र हातेमालो गर्दै भिविन्न नेपाली चाड पर्ब हरु एकसाथ मनाएर प्रवासी नेपाली हरुबीच एक आपसमा हार्दिकता बढाउने काम भैरहेको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै अझ ससक्त ढंगले अगाडी बढाउने जानकारी दिनुभयो !
कार्यक्रममा मन्तब्य दिदै प्रमुख अतिथि एन आर एन प्रतिनिधि चन्द्र रोक्का जी ले प्रवासी भूमिमा यस्ता धार्मिक कार्यक्रम हुनु अति महत्वपुर्ण र खुसीको कुरा हो भन्दै धर्म शास्त्रले सधै सत्कार्य सत्मार्गमा लाग्ने प्रेरणा दिने भएकोले धार्मिक जागरण को लागि धर्म शास्त्रको अध्यन जरुरि छ श्रीमदभागवत गीता को अध्यन गरि गीता को सार र संदेश लाइ अनुसरण गर्न सकेमा जीवन र आत्मा को उद्धार हुनेछ भन्ने विचार ब्यक्त गर्नु भएको थियो ! त्यसै गरि मन्तब्य दिने क्रममा अन्य अतिथि हरु नेपालि समाज यु ए इ का अध्यक्ष्य ज्ञानेब्द्र बहादुर कार्की ,नेपाल पत्रकार महासंघ यु ए इ शाखा का अध्यक्ष अर्जुन दाहाल, हिन्दु जागरण यु ए इ का प्रतिनिधि राजुराम फुयाल ज्यु हरुले पनि यस्ता कार्यक्रम ले सबैलाई सकारात्मक संदेश दिने भएको ले आफु यस कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी ब्यक्त गर्नु भयो भने आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम गर्दै र अन्य गतिबिधि हरुमा सस्थाको प्रगति र सफलताको शुभकामना दिनु भएको थियो ! श्री कृष्ण प्रणामी युवा परिषद यु ए इ का सल्लाहकार सदस्य श्री लक्ष्मी दाहाल जी ले श्री कृष्ण प्राकट्य दिबस को बारेमा सटिक जानकारी दिदै श्री कृष्ण प्रणामी धर्म के हो यसको प्रतिपादन कसरि भयो र यस धर्मको मुलभूत उदेश्य र सिद्दान्त के हो भन्ने बारेमा अति सरल भासामा प्रस्ट पार्नु भएको थियो ! दुइ चरणमा विभाजित गरिएको उक्त कार्यक्रममा औपचारिक कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति घनश्याम नेपाल जी ले धार्मिक जागरण र समाज सेवाको निस्वार्थ भावनाले खोलिएको यस सस्थाले छोटो समय मै धेरै महत्वपुर्ण काम गरेको र आगामी दिन हरुमा पनि अझ यस संगठन लाइ विस्तार गर्दै अन्य कार्यक्रम हरु लाइ पनि प्रतिबद्दता ब्यक्त गर्दै आयोजक को निमंत्रनालाई लाइ स्वीकार गरेर आउनु भएका आगन्तुक अतिथिहरु लगायत सम्पूर्ण सुन्दर्साथ, भक्तजन हरु साथै आयोजक टिममा रहेर कार्यक्रम सफल पार्न महत्वपुर्ण भूमिका निर्बाह गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो !
महाराज श्री को आशिर्बचन पच्चात प्रमुख अतिथि लगायत अतिथि ज्यु हरु बाट दिप जलन गराई मंगलाचरण बाचन संगै मन्चमा बनाइएको श्री राज्जिको सिंहासनमा माल्यार्पण गरि सुरुवात गरिएको कार्यक्रमको बिचबिचमा श्री कृष्ण प्रणामी युवा समुहका साथी हरुले अति नै मिठासपूर्ण भजन हरु प्रस्तुत गर्नु भएको थियो भने औपचारिक कार्यक्रम पश्चात बधाई भजन सगै अति हर्स उल्लासका साथ हिडोला झुलाई कृष्ण प्राकट्य दिबस का भजन का साथ नृत्य र सेवा पुजा आरति गरि दोस्रो चरणको कार्यक्रम समापन गरिएको थियो ! उलेख्य मात्रामा सुन्दर्साथ तथा भक्तजन हरुको सहभागिता रहेको यस श्री कृष्ण जन्मोत्सब बिसेष कार्यक्रमको प्रथम र दृतिय दुवै चरण को कार्यक्रम को संचालन श्री कृष्णप्रणामी युवा परिषद,यु ए इ का सक्रिय सदस्य श्री महेश भट्टराइ जी ले गर्नु !10584487_648755581898080_789898378_n
10579949_648755171898121_9992832_n 10592316_648755551898083_1671866951_n


Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget