news and more entertainment

अदुवाको मूल्य किलोको दुई सय ५० रुपैयाँ पुग्यो

 
imagesकाठमाडौँ, १२ जेठ ।
तरकारीलाई स्वादिष्ट बनाउने अदुवाको मूल्य आकासिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार (आज) का लागि अदुवाको भाउ किलोको दुई सय ५० रुपैयाँ निर्धारण गरेको छ ।
अन्य तरकारीको भाऊ घटिरहेको बेला अदुवाको मूल्य निरन्तर उकालो लागेर हरेक घरको गृहणीलाई सताएको छ । अदुवाको भाऊले भान्साको खर्च समेत बढाएको गृहणीहरुले बताएका छन् । अदुवाको यो भाऊ चालू आर्थिक बर्षमा सबैभन्दा धेरै हो ।
समितिले जेठ महिनाको शुरुवाबाटै अदुवाको भाउ आकासिएको जनाएको छ । ‘जेठको शुरुवाटै अदुवाको भाउ दुई सय ५० रुपैयाँ प्रतिकिलो हाराहारी पुगेको हो’ समितिका एक कर्मचारीले भने ।
६ महिना अघि भने अदुवा किलोको एक सय ७० रुपैयाँमा किनबेच भएको थियो । बैशाख पहिलो सातासम्म आइपुग्दा अदुवाको मुल्य दुइृ नाघेको थियो भने जेठ पहिलो साताबाट अदुवाको भाऊ प्रतिकिलो दुइ सय ५० रुपैयाँ आसपासमै अडेको छ ।
व्यवसायीहरुले नयाँ अदुवा बजारमा नआएसम्म यो दरभाऊ नघट्ने पनि दाबी गरेका छन् । ‘नयाँ अदुवा नआएसम्म अदुवाको अहिलेको बजार भाऊ घट्दैन’ असन क्षेत्रका अदुवा व्यापारी राजन डङ्गोलले भने । काठमाडौंमा असन, मरु, गोङ्गबु, कालिमाटी क्षेत्रमा अदुवा प्रसस्त पाईन्छ ।
व्यवसायीका अनुसार नयाँ अदुवा भदौ महिनापछि मात्रै बजारमा आउनेछ । त्यो अवधिसम्म हालकै चर्को मुल्यमा उपभोक्ताले अदुवा उपभोग गर्नुपर्नेछ ।
त्यस्तै रायो साग आज ६० रुपैयाँ प्रति केजीमा उपत्यकामा किनबेच भइरहेको छ । आलू, प्याज, गोलभेडा, मूलालगायत चलनचल्तीका तरकारीको भाऊ भने केही घटेको छ ।
कालिमाटी तरकारी बजारले आजका लागि रातो गोलभेडा किलोको ३३ रुपैयाँ, रातो आलू किलोको ३६ र सेतो आलू किलोको २९ रुपैयाँ, सुकेको प्याज र मूला किलोको समान ४० रुपैयाँ भाऊ निर्धारण गरेको छ । यो दरभाऊमा खुद्रा व्यापारीले थप लागत जोडेर मूल्य बढाउने गरेका छन् । 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget