news and more entertainment

निशाको प्रेममा जल्न चाहने सुमन

 
suman-and-nisha
सिनेमामा क्रेज खासै नभएपछि नायक सुमन सिंह हिजोआज हराएजस्तै छन् । सुमनका सिनेमाले व्यापारिक रुपमा सफलता हात नपारेपछि निर्माता निर्देशकको रोजाइमा उनी पर्न छोडेका हुन् । तर उनै सुमन भने चपली हाइटमा जल्ने कुरा गर्दै गरेको अवस्थामा भेटिए ।
निर्देशक वसन्त निरौलाले निर्देशन गरेको एक भिडियोमा सुमनले प्रेमिकाका लागि आगोमा जल्ने कुरा गरेका हुन् । उनीसँगै मोडलिङ गर्ने मोडल निशा लामा हुन् । सुमनले जल्ने कुरा गरिरहँदा निशा भने उनकै वरपर टोलाइरहेकी थिइन् ।
गायक उजन नेम्बाङको चौथो एल्बम ‘तस्बिर’मा समावेश ‘तिमीलाई खुशी मिल्छ’ भने बोलको गीतमा सुमन र निशालाई देख्न सकिन्छ । यो गीतको भिडियो एक महिनापछि बजारमा आउनेछ । रोशन लामाको संगीत, उजनकै शब्दमा तयार भएको गीतको भिडियोमा रामेश्वर कार्कीको छायांकन छsuman-rajani-modeling

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget