news and more entertainment

‘छ एकान छ’पछि ‘वडा नम्बर ६’ बनाउँदै दीपक र दीपा

 
dipak-dipa-and-nirmal-sharm
गतबर्षको ब्लकबस्टर फिल्म ‘छ एकान छ’ का निर्मातात्रय दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा नयाँ चलचित्र निर्माणमा जुटेका छन् । उनीहरुले बनाउन लागेको नयाँ सिनेमाको नाम ‘वडा नम्बर ६’ रहनेछ । सिनेमाको कथा अन्तिम चरणमा पुगेको र भदौबाट छायांकन थालिने निर्माता दीपकराज गिरीले बताए ।
यो सिनेमालाई गहन कमेडी बिषयमा बनाइनेछ । निर्माता मध्येका एक दीपकराज गिरीले सिनेमाले समसामायिक कथालाई बोल्ने बताए । चलचित्रमा अधिकांश कलाकार ‘छ एकान छ’ कै रहनेछन् । तर नायिकाको रुपमा भने नीता ढुंगाना दोहोरिने संभावना छैन । निर्देशक नयाँ लिने सोचमा पुगेका छन् दीपक । उनले ‘छ एकान छ’का निर्देशक दिनेश डीसी दोहोरिने संभावनालाई अहिले नै खुलाउन चाहेनन् । तर ‘छ एकान छ’ मा दिनेश र नितासँग यो टोली असन्तुष्ट रहेको थियो । यसैले पनि ‘वडा नम्बर ६’ मा दुई जनाको निरन्तरता नहुने देखिएको छ ।
‘छ एकान छ’ नारी केन्दि्रत भएकाले नीताजी हुनुहुन्थ्यो, तर ‘वडा नम्बर ६’ त्यस्तो छैन, यसैले उहाँ दोहोरिने संभावना नहोला’ दीपकले भने । निर्देशक र नायिका पनि चाडै फाइनल हुनेछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget