news and more entertainment

चायाँ हटाउने सजिलो उपाय

अधिकांश मानिसका लागि कपालमा चायाँ आउने समस्या टाउको दुखाइको विषय बनेको पाइन्छ ।

सोही कारण चायाँ हटाउन उनीहरु जति पनि पैसा खर्च गर्न तयार हुने गर्छन् । तर, हामी घरमै भएका सामाग्री प्रयोग गरेर पनि सजिलै कपालको चायाँ हटाउन सक्छौं ।

यसो गर्दा थोरै समय र पैसा पनि धेरै लाग्दैन । त्यसका लािग हामीले निम्न उपाय अपनाउनुपर्छ :

चायाँ हटाउन एक कप दहीमा एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टापछि धुने ।
कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउने र बास्ना आउने खालका अन्य तेल प्रयोग नगर्ने ।
अमला र रिट्ठालाई समान तरिकाले मिलाएर टाउनकोमा लगाउने र यसको दुई घन्टापछि धुने ।
नुहाउनुभन्दा एक घन्टाअगाडी संधै कागतीको रसले टाउको मालिस गर्ने ।
आफूले प्रयोग गरेको सामाग्री काइँयो, ब्रस, तकिया आदि अन्य मानिसहरुलाई प्रयोग गर्न नदिने ।
कपाललाई धुलो र अत्याधिक घामबाट बचाउने, बाहिर हिँड्दा टाउको छोप्दा कपाल सुरक्षित हुन्छ र चायाँ पर्नबाट जोगिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget