news and more entertainment

सलमानसँग प्रियंका नाच्ने, करिना र कट्रिनालाई किन गरिएन अफर ?

 
salman-priyanka-karina-and-katrina
साहरुख खानको क्याम्पकै भएका कारण नायिका दीपिका पादुकोणले चलचित्र ‘किक’का लागि आइटम नृत्य गर्न अस्विकार गरिदिएकी थिइन् । साहरुख खानसँग ‘ह्याप्पी न्यू ईयर’मा काम गरिरहेकी दीपिका सलमानकी पहिलो रोजाइमा थिइन् । तर सलमानको रोजाइलाई दीपिकाले नकारेपछि ‘किक’का निर्देशक तथा निर्माता साजिद नाडियाडवाल अप्ठ्यारोमा परेका छन् ।
अब सलमानसँग आइटम नाच्नका लागि नायिका प्रियंका चोपडालाई अफर गरिएको छ । उसो त साजिद यो गीतमा बलिउडका अन्य २ नायिका करिना कपुर र कट्रिना कैफलाई पनि अफर गर्न सक्थे । तर करिनाको घट्दो बजार र कट्रिनाको नायक रणवीर कपुरसँगको गहिरो अफेयरका कारण प्रियंकाले यो अवसर पाएकी हुन् ।
अब यो गीतमा नायिका चोपडाले आफ्नो जल्वा देखाउनेेछिन् । चलचित्रका लागि यो गीत निक्कै महत्वपूर्ण मानिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget