news and more entertainment

स्वेतासँगै हुँदा पनि किन तनावमा श्रीकृष्ण ?

 
shree-and-sweta
उनलाई फेरि पनि ‘कहाँ भेटिएला’को रेकर्ड दोहोर्‍याउनु छ । तर समय सोचेजस्तो छैन । यसैले पनि नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठ तनावमा रहेको कुरा गर्छन् । ‘कहाँ भेटिएला’बाट कमाएको सबै रकम ‘कोहिनुर’मा लगाएका श्रीकृष्ण राम्रो सिनेमा बनाएकोमा त ढुक्क छन् । तर सिनेमा राम्रो भएर मात्र हुँदैन, चलचित्र चल्ने अवस्था पहिलेको जस्तो छैन ।
नायक श्रीकृष्ण श्रेष्ठको नयाँ चलचित्र ‘कोहिनुर’ साउन २३ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउँदैछ । तर सिनेमा प्रदर्शनको दिन नजिकिदै गएपछि नायक श्रीकृष्ण श्रेष्ठ भने करोड बजेट कतै फेल त खाने हैन भन्दै टेन्सन लिन थालेका छन् ।
चलचित्रमा ‘कहाँ भेटिएला’ हिट जोडी श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्काको मुख्य भूमिका छ । भारतमा वेचिने चेलीहरुको कथालाई निक्कै मार्मिक तवरले ‘कोहिनुर’मा प्रस्तुत गरिएको छ । सिनेमाको निर्देशन आकाश अधिकारीले गरेका हुन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget