news and more entertainment

मृत्युमै बिशेषज्ञताः जो अहिलेसम्म ५० हजारपटक मरिसके

 
Seizo-Fukumoto
मानिस जीवनमा एकचोटी मात्र मर्छ, यो बिज्ञानसम्मत कुरा हो । तर, जापानका एक बृद्ध भने अहिलेसम्म ५० हजार पटकजति मरिसकेका छन् ।
उनको जीवनयापनको माध्यम नै मृत्यु हो ,उनी त्यसैबाट नाम र दाम कमाईरहेका छन् । हामी कुरा गर्दै छौैं एक मृत्यु बिशेषज्ञ कलाकारको जसको दैनिक कर्म केवल मर्नुमात्र हो ।
यदि तपाईले जापानी सामुराई सिनेमा हेर्नुभएको छ भने त्यसमा एक भिलेन हिरोको तरबार प्रहारबाट मरेको देख्नुहुन्छ । उनी हुन सिजो फुकिमोतो जो ५० बर्षदेखि जापानी सिने उद्योगमा मृत्युधन्दा चलाईरहेका छन् ।
उनी सिनेमाका स्टन्टम्यान हुन जसले बिगत ५० बर्षदेखि जापानी सिनेमाको सेवा गरिरहेका छन् । १५ बर्षको उमेरदेखि सिनेमा खेल्न थालेका उनी अहिले ७१ बर्ष पुगिसकेका छन् । तर अझै पनि उनको मृत्यु धन्दा जारी छ । उनी झण्डै ५० हजार सिनमा देखिएका छन र ती सवै मृत्यु सिन मात्र हुन् ।
Seizo-Fukumoto1
‘मैले अहिलेसम्म लिड रोल गरेको छैन’ उनले भने- केही अफरहरु आए पनि मैले भिलेन हुन मै रमाएँ ।’ उनको पहिलो लिड रोल फिल्म जुलाई महिनामा रिलिज हुँदैछ ।
आफ्नो अभिनय र भूमिकाप्रति उनी सन्तुष्ट छन् । उनी जतिपटक मृत्युवरण गरेपनि केही न केही सिर्जना मराई होस् भन्ने चाहन्छन् । ‘हामी जति सिर्जनशील तरिकाले मर्छौ, त्यति हिरोको हिरोइजम बढछ, दर्शक खुसी हुन्छन् ।’ उनले भने ।
मर्ने कला उनले चर्चित हास्यकलाकार चार्लि च्याप्लिनबाट सिकेका हुन् । कुनै स्टन्टम्यानबिनै निकै राम्रो मृत्यु सिन दिन सक्ने भन्दै उनले च्याप्लिनको खुवै तारिफ गरे ।
Seizo-Fukumoto2
Seizo-Fukumoto3
Seizo-Fukumoto4

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget