news and more entertainment

ढुकुटीको पैसा खाएर भागेको प्रमाण ल्याए डबल तिर्छु : ऋचा घिमिरे

 
riha-ghimire-with-family
                                                           तस्बिर : ऋचा घिमिरेको फेसबुकबाट
नायिका ऋचा घिमिरे दोश्रो सन्तानलाई जन्म दिने तयारीमा छिन् । यसैले पनि उनले आफ्नो अमेरिका बसाई केही समय लम्बिने जनाएकी छिन् । ‘नेपाल र्फकन अझै ४ महिना भन्दा धेरै समय लाग्छ’, ऋचाले भनेकी छिन् ।
यसैविच ऋचा घिमिरे, उनका श्रीमान् शंकर घिमिरे अमेरिकातर्फ लागेपछि नेपालमा विभिन्न खालका समाचार आइरहेका छन् । ढुकुटी खेलाएर रकम नतिरी उनीहरु भागेको भन्ने खबर बारम्बार नेपाली मिडियामा प्रकाशन भैरहेका छन् ।
यस बिषयमा मुख खोल्दै नायिका ऋचा घिमिरेले आफूले कसैको रकम नखाएको प्रष्ट पारेकी छिन् । ‘न मैले कसैसँग १ रुपैयाँ लिनु छ, न कसैलाई १ रुपैयाँ नै तिर्नु छ’, ऋचाले अमेरिकाबाट अनलाइनखबरलाई सन्देश लेख्दै जनाएकी छिन् ।
उनले आफूले कसैलाई रकम तिर्न बाँकी रहेको सबुत लिएर आएको खण्डमा त्यस्को दोब्बर तिर्न तयार रहेको बताएकी छिन् । उनले आफूले ढुकुटी पनि नखेलेको र कसैलाई रकम तिर्न बाँकी पनि नरहेको जनाएकी छिन् ।
उनले आफ्नो परिवारसँग कसैको दुश्मनी भएको र उसले नै आफ्नो नाम मिस यूज गरेको बताएकी छिन् । उनले आफ्नो नयाँ चलचित्र ‘तुलसी’ अमेरिकाका विभिन्न शहरमा अझै पनि प्रदर्शन गर्न बाँकी रहेको जनाएकी छिन् । ७० लाख बजेटमा तयार भएको सिनेमालाई नेपाल आएर पनि प्रदर्शन गर्ने उनको भनाई छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget