news and more entertainment

‘हँसिया’को कमाई ४० लाख, हमाललाई फापेकै हो त बिहे ?

  
rajesh-hamal
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘हँसिया’ले सिंगल स्त्रिmनका दर्शकलाई आकषिर्त गरेको छ । मल्टिप्लेक्समा पाएको सिमित शोमा सिनेमाको व्यापार राम्रो छ । तर लामो समयदेखि सिंगल स्त्रिmनमा लागेको दर्शक खडेरीलाई भने ‘हँसिया’को एक्सन पाटोले धेरै हदसम्म पुर्ती गरेको छ ।
वितरक दर्शना आट्सका सीइओ सुरेशदर्पण पोख्रेलले शुक्रबार भन्दा आइतबारको व्यापार राम्रो रहेको बताए । आइतबार पूर्वका विभिन्न जिल्ला बन्द हुँदा पनि ‘हँसिया’ले शुक्रबारको भन्दा माथिको व्यापार गरेको हो ।
बजेट धेरै भएकाले पनि नेपालबाट लगानी उठाउन गाह्रो पर्ने देखिन्छ । चलचित्रले आइतबारसम्म सबै खर्च कटाएर नेट १३ लाखको आम्दानी गरेको छ । यो निर्माताको गोजीमा जाने रकम हो । सिनेमाको ग्रस कलेक्शन ४० लाखको हारहारीमा छ ।
१५ गते बिदा परेकाले पनि ‘हँसिया’लाई फाइदा पुग्न सक्छ । यस्तै जेठ १६ र २३ गते आशातित कुनै पनि सिनेमा नभएकाले ‘हँसिया’ले आफ्नो व्यापारलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।
सिंगल स्त्रिmनमा दर्शक तानिएपछि यसका निर्देशक मिलन चाम्स पनि खुशी छन् । नायक राजेश हमालले खेलेका सिनेमा पछिल्लो समय असफल भएका थिए । तर ‘हँसिया’ले भने सिंगल स्त्रिmनमा दर्शक तानेको छ । नायक हमालले आफूलाई बिहे फापेको प्रतिक्रिया दिएका छन् । दर्शकले नायिका हेमा श्रेष्ठ र नायक अनुपविक्रम शाहीको अभिनयलाई सर्वाधिक रुचाएका छन् ।
यस्तै, ‘हँसिया’सँगै प्रदर्शनमा आएको अर्को चलचित्र ‘मेरो बेष्ट फ्रेन्ड’को व्यापार भने सोचेजस्तो रहन सकेन । काठमाण्डौका केही मल्टिप्लेक्समा शुक्रबार र शनिबार गतिलो व्यापार रहेको यो सिनेमाले मोफसलमा भने पकड जमाउन सकेको छैन । निर्देशक प्रशन्न पौडेलले विकेन्ड कलेक्शनले उत्साह थपेको सामाजिक संजाल मार्फत बताएका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget