news and more entertainment

केटीहरु जीवनमा दुइ पटक धोका खान्छन्

बेलायतमा गरिएको एक अध्ययनले महिलाहरुले जिन्दगीमा आफ्नो सपनाको राजकुमार भेट्नु अघि दुई पटक धोका पाउने गरेको देखाएको छ ।
अध्ययनका अनुसार महिलाहरुले आफ्नो मिस्टर राइट भेट्नु अघि कम्तिमा १५ जना पुरुष सँग चुम्बन गरिसकेका हुन्छन् भने उनीहरुको कम्तिमा दुई पटकको प्रेम लामो समयसम्म चलेको हुन्छ ।


अध्ययन अनुसार सेटल हुनु अघि महिला कैयौं पटक डेट पनि जान्छन् । महिलाको जीवनमा दुई पटक प्रेम हुन्छ । र अधिकाँश महिला आफ्ना प्रेमीसँग ४ पटक रात विताएका हुन्छन् ।त्यसको विपरित पुरुषहरुले आफ्नो जीवन साथी भेट्नु अघि ८ जनासँग सम्बन्धमा आएका हुन्छन् भने ६ रात विताएका हुन्छन् ।

रमाइलो कुरा त पुरुषको सम्बन्ध र रात विताउने क्रम कम हुँदै गएको अध्ययनको निष्कर्ष छ । यस अघि पुरुषहरुले सम्बन्ध सेटल गर्न हतार नगर्ने देखिएपछि पछिल्लो पुस्ता भने सम्बन्ध स्थायी बनाउन ढिला गर्दैन ।बेलायतको अनलाइन डेटिङ साइट इ हार्मोनीले बेलायतका २००० बयस्यहरुसँग सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणका अनुसार पछिल्लो समयमा पुरुषहरु २२ वर्षको उमेरमा नै स्थायी सम्बन्ध स्थापित गर्न खोज्छन् । जवकि १० वर्ष अघि यो उमेर २४ वर्ष थियो ।प्रत्येक ४ सिंगल पुरुषमा १ जना अर्थात ७५ प्रतिशत पुरुषले स्थायी सम्बन्ध चाहेको बताएका थिए ।अधिकाँशमा साथीको विवाह भएपछि आफू एक्लो हुने चिन्ता देखियो ।

स्थायी सम्बन्धमा आउनु अघि पुरुषहरुले फरक परक ८ महिलासँग सम्बन्धमा आउने पनि अध्ययनबाट देखिएको छ ।महिला र पुरुषबीच सबैभन्दा ठूलो अन्तर सेक्स पार्टनरमा छ । सर्वेक्षणका अनुसार जीवनमा महिलाका ७ र पुरुषका १० सेक्स पार्टनर हुन्छन् ।स्थायी सम्बन्धको खोजि गर्दा हरेक पुरुष र महिलाले जिन्दगीमा एक पटक धोका पाएकै हुन्छन् ।

यो अध्ययनका अनुसार ९४ प्रतिशत महिलाले सच्चा प्रेममा विश्वास राख्छन् भने ८८ प्रतिशत पुरुषले मात्र सच्चा प्रेममा विश्वास गर्छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget