काठमाडौं: कतिपय मानिसले फर्सी मन नपराएको पाइन्छ तर यो स्वास्थ्यका लागि
अति नै फाइदाजनक भएको विभिन्न अध्ययनले देखाएको छ। प्रति सय ग्राम फर्सीमा
२६ क्यालोरी पाइन्छ र यसमा डाइटेरी फाइबर र एन्टिअक्सिडेन्ट प्रशस्त हुन्छ
जसले शरीरलाई बलियो बनाउन सहयोग गर्छ। डा. ओममूर्ति अनिलद्वारा लिखित 'म
पनि डाक्टर' पुस्तकले पनि फर्सीको महत्त्व प्रकाश पारेको छ। पुस्तकका
अनुसार फर्सीमा भिटामिन ए, सी, ई, बी कम्लेक्स पनि पाइन्छ। यस्तै फर्सीको
बीउमा हुने पोषक तत्त्वले दिमागको नसालाई स्वस्थ राख्न सहयोग गर्छ।
Post a Comment