news and more entertainment

घरमा आगो लगाई झुण्डिएर आत्महत्या गरे दम्पत्तिले

प्युठान, असार १८ – यहाँको सारी गाविस–३ कोलाम्पामा घरायसी विवाद हँुदा बुधबार एक दम्पतीले आफनो घरमा आगो लगाई आफूले पनि आत्महत्या गरेका छन् ।
चवन्न वर्षीय शिवराम राउत र ५० वर्षीया छुमा राउतले आपसी विवादमा घरमा आगो लगाई घरभित्र नै झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
श्रीमती छुमाको केही वर्षदेखि मानसिक सन्तुलन असामान्य भएको र श्रीमान् शिवरामले अत्यधिक मदिरा सेवन गर्ने गरेको स्थानीय सुरज विकले जानकारी दिए । घरमा आगो लागेपछि स्थानीयले आगो निभाउने क्रममा दम्पतीलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान जारी रहेको भन्दै प्रहरी प्रमुख दीपक रेग्मीले अहिलेसम्म घरायसी विवादको कारण घटना भएको पाइएको बताए । राउत दम्पतीका छोरा मैते राउत रोजगारीको सिलसिलामा भारतमा छन् । घरमा बुहारी मिनी र उनको छोरासहित दम्पती परिवार रहने भए पनि बुहारी माइत गएको समयमा घटना भएको स्थानीय कमला सुवेदीले बताए

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget