महिलालाई खुसी राख्न तथा महिलालाई पट्याउनका लागि पुरूषको हासोँ नै काफी
हुने एक अध्ययनले देखाएको छ । महिलाहरु पुरूषको हासोँबाटै प्रभावित हुने
उक्त अध्ययनले दावी गरेको छ ।
पुरूषहरुको हाँसोले महिलाहरूले उक्त पुरूषलाई हेर्ने दृष्टिकोण नै परिवर्तन
हुने बताइएको छ । अध्ययनमा के बताइएको छ भने जब पुरूषहरु महिलामाथि हावी
हुन्छन् तब महिलाले उक्त पुरूषले हासेँर भनेको कुरालाइ सहजै स्वीकार
गर्छिन् ।
यस्तै, अध्ययनले महिलालाई हाँसेर कुनै पुरूषले सेक्ससम्बन्धी कुनै
आपत्तिजनक कुरा बताए पनि वेवास्ता गर्ने गरेको बताएको छ । शरीरको भाषाकी
विशेषज्ञ पट्टी बूडका अनुसार महिलाले पुरूषका बारेमा कुनै निर्णय लिनुपर्दा
उनीहरूको हाउभाउ बढी ध्यान दिने गर्छन् ।
पुरूषले बोलेको कुरा र उसको हाउभाउ मिले नमिलेको हेरेर महिलाले उक्त
पुरूषको बारेमा आफ्नो धारणा तयार गर्ने बूडले बताइन् । उनले महिलाको यही
कमजोरीका कारण पुरूषले सहजै पट्याउन सक्ने र सेक्सका बारेमा आपत्तिजनक कुरा
समेत सहजै भन्ने गरेको बताउँछिन् ।
बूडले महिलाहरुलाई पुरूषको मुस्कानबाट बच्नका लागि सल्लाह दिएकी छिन् ।
उनले पुरूषले आफूबाट के चाहेको त्यो पहिले विचार गर्नुपर्ने बताउँछिन् ।
उसको व्यवहार समेत ध्यानमा राख्नुपर्ने उनको धारणा थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment