news and more entertainment

बाँचेको भए फिल्मको हिरो बन्ने योजनामा थिए ‘चरी

 काठमाडौं, ३१ साउन । अपराधको क्षेत्रमा कुख्याति कमाएका गुण्डा नाइके दिनेश अधिकारी चरी चलचित्रको नायक बन्ने अभियानमा समेत लागेको खुलासा भएको छ ।
अपराधको क्षेत्रमा कुख्याति कमाएका गुण्डा नाइके दिनेश अधिकारी चरी चलचित्रको नायक बन्ने अभियानमा समेत लागेको खुलासा भएको छ ।
झट्ट सुन्दा आश्चर्य लागे पनि आफैँ लगानी गरेर सिने हिरो बन्ने ताकमा थिए ‘चरी’। जसको खुलासा गरेका छन्, नेपाली चलचित्रका कुशल चलचित्र लेखक शिवम अधिकारीले ।
शिवमलाई भेटेर नै चरीले नयाँ चलचित्रको कथा तयार पारिदिन पटकपटक आग्रह गरेका थिए । सोहीक्रममा चारपटकसम्म कथाको बारेमा छलफल समेत भएको शिवमले बताए ।
इन्काउन्टरमा पर्नुभन्दा केही दिन अगाडिसम्म पनि शिवम र चरीबीच यही विषयमा छलफल भएको थियो । चरीकै आग्रह अनुसार, शिवले कथा पनि लेख्न सुरु गरेका थिए । ‘तर जसको लागि कथा तयार पार्दै थिएँ उही मरेको खबर सुनेपछि झसङ्ग भएँ,’ शिवमले भन्छन् ।
समयले साथ दिएमा चलचित्र निर्माणसँगै आफू पनि सिनेमाको हिरो बन्ने इच्छा चरीले व्यक्त गरेका थिए। शिवमसँग चरी भन्ने गर्थे, ‘जिम गरेर शरीर बनाएपछि हिरो बन्न त बेरै लाग्दैन नि, कि कसो ?’ तर, शरीरका मांशपेसी फुलाएर चलचित्रको हिरो बन्ने चरीको सपना इन्काउन्टरसँगै उडेर गएको छ।
शिवमका अनुसार चरीले चलचित्रको पूरै जिम्मा लिइदिन समेत आग्रह गरेका थिए। तर, आफूले त्यो जोखिम उठाउन नचाही लेखनको मात्र पारिश्रमिक लिने कुरा चरीलाई बताएका शिवले बताए ।
‘म व्यावसायिक चलचित्र लेखक हुँ। कसको पछाडि को छ या कसको विगत के हो, त्यो खोतल्ने मेरो काम पनि होइन। यस्तो कथामा चलचित्र लेख भनेपछि मैले आफ्नो पारिश्रमिक लिएर चलचित्र लेख्ने हो,’ लेखक अधिकारीले भने।
नेपाली सिनेमाका प्रशंसक मात्र नभई उनी चलचित्रका नियमित दर्शक पनि थिए, उनी। हलमा नयाँ चलचित्र फेरिना साथ गोप्य रूपमा गएर नेपाली चलचित्र हेर्ने चरीको लत थियो।
दैनिक खबर
भिडियो हेर्न तल क्लिक गर्नुहोस 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget