news and more entertainment

बेहुला–बेहुलीलाई अग्नीको अगाडि किन खुवाइन्छ कसम ?

एजेन्सी । हिन्दु धर्मको १६ संस्कार मध्ये एक विवाह हो । विवाहमण्डपमा पुरोहितले इश्वरलाई साक्षी राखेर केटा–केटीको सम्बन्धलाई कानुनी मान्यता प्रदान गर्ने चलन रहिआएको छ ।
वैवाहिक समारोहमा आगो वा अग्नीको अगाडि बेहुला–बेहुलीलाई सात पटक घुमाएर वाचाकसम खुवाउने गरिन्छ । आगो वा अग्नीको अगाडि घुमाएर वाचाकसम खुवाउनुको पछाडिका कारण निम्न छन् :
१ अग्नीको वेद र शास्त्रमा प्रमुख देवताको रुपमा मानिएको छ । अग्नीलाई विष्णुको स्वरुप मानिदै आएको छ । अग्नीमा सबै देवताको आत्मा बसेको हुन्छ भन्ने मान्यता रहेको छ । अग्नीमा हवन गर्दा सबै देवताको आत्मालाई सम्झेको वा पुजेको मानिन्छ ।
२ अग्नीको अगाडि वाचाकसम खाँदा सबै देवतालाई साक्षी राखेर एक अर्काले प्रेम गर्छौं र जीवनसाथी स्वीकार गर्ने प्रण गरिएको मानिन्छ ।
३ अशुद्धलाई हटाएर पवित्र सम्बन्ध कायम गर्नका लागि र बेहुला–बेहुलीको मनमा रहेको अपवित्र भावनालाई हटाएर पवित्र मनले एकअर्काले स्वीकार गर्नका लागि अग्नीको अगाडि घुमाइन्छ ।
४ अग्नीको अगाडि खाएको कसम नमाने वा गतीछाडा भए अग्नीले दण्ड दिनेसमेत शास्त्रमा उल्लेख गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget