news and more entertainment

प्रियंका चोपडाका पाँच प्रेमी यस्ता छन् ? फोटोफिचर

प्रियंका चोपडा बलिउडमा सफल अभिनेत्री सुन्दरी हुन् । उनले आफूले अभिनय गरेका चलचित्र देखि लिएर गीतको माध्यमबाट समेत आफ्ना फ्यानहरुलाई सन्तुष्ट पारेकी छिन् । कुनै न कुनै तरिकाबाट उनी समाचार हेडलाइन बनिरहन सफल छिन् । उनको सार्वजनिक देखि ब्यक्तिगत जीवन सम्म मिडियोको चासोको विषय बनिरहन्छ ।
love affaris
बलिउडकी यी सुन्दरी धेरै सेलिब्रेटी पुरुषहरुसँग नजिक र टाढा भइन् तर उनको स्थायी जीवन साथी को भन्छ भन्ने चाँहि अहिले पनि चासोको विषय नै छ । यहाँ हामीले प्रियंकाले रोमान्स गरेका बलिउडका ५ पुरुषको चर्चा गरेका छौं ।

आसीम मर्चेन्ट
प्रियंकाले आफ्नो करियर मोडलकोरुपमा शुरु गरेकी थिइन् । पछि उनले विश्व सुन्दरीको ताज पनि पहिरिइन् । मोडलिङको समयमा उनले आसीम मर्चेन्टसँग रोमान्स गरेकी थिइन् ।विश्व सुन्दरी बनेको २ वर्षपछि आसिमसँग टाढिएकी थिइन् प्रियंका । अन्तिम पटक सलमान खानको वान्टेडमा देखिएका आसिमले हालै मात्र प्रियंकाको जीवनमा आधारित चलचित्र बनाउने घोषणा गरेका थिए । तर प्रियंकाले त्यसको विरोध गरेपनि आसीमको लाइमलाइट मोसन पिक्चर्स एन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडले भने यो चलचित्र बनाइ छाड्ने अडान लिएको छ ।
priyanka-aseem
अक्षय कुमार
अक्षय कुमार विवाहित पुरुष भएपनि रोमान्स र फ्लर्टका लागि भने चर्चित छन् । यसै क्रममा उनी प्रियंकासँग पनि जोडिन पुगे । अन्दाज नामक चलचित्रमा सँगै अभिनय गरेपछि नजिकिएका यी २ कलाकारले मुझसे सादी करोगी र ऐतराज एवं वक्तः रेस अगेन्स्ट मी जस्ता फिल्म सँगै खेले । उनीहरुको निकटता बढेपछि अक्षयकी पत्नी ट्रवीङ्कलले पति अक्षयलाई प्रियंकासँग चलचित्र खेल्न नदिने बताएपछि उनीहरुको रोमान्स सार्वजनिक भएको थियो । सार्वजनिक कार्यक्रममा यी दुई कलाकार अहिले पनि बोल्दैनन् भने सके सम्म टाढा बस्छन् ।
akshay-kumar-priyanka-chopra
Akshay-Kumar-Priyanka-Chopra 1
हर्मन वावेजा
प्रियंका र बाबुको काँध चढेर बलिउड छिरेका हर्मन ववेजाबीच पनि चक्कर चल्यो । उनीहरुले एक अर्कासँग नजिक भएको कुरा सार्वजनिकरुपमा त स्वीकार गरेनन् तर धेरैले उनीहरुको रोमान्सबारे थाहा पाएका थिए । पछि शाहिद कपुरले यी जोडीलाई भाँजो हालेको बताइन्छ ।
priyannka harman bawaja
शाहरुख खान
बलिउडमा एक पटक प्रियंका र शाहरुख खानको रोमान्सबारे पनि निक्कै चर्चा चल्यो । हुन त यो चर्चाले आधिकारिकता पाउन सकेन तर यसले गर्दा शाहरुखको परिवारमा भने तनाव सृजना गरेको बताइन्छ । कुनै बेला शाहरुख पत्नी गौरीकी निकट साथी रहेकी प्रियंका यो चर्चा पछि उनीहरुको घर जान समेत नपाउने अवस्थामा पुगिन् । गौरीले शाहरुखलाई प्रियंकासँग काम नगर्न समेत भनेको बताइन्छ । यद्यपी यी दुवैले कहिले पनि यो विषयमा सार्वजनिक टिप्पणी गर्नबाट भने सँधै पन्छिए ।
Priyanka n SRK
priyanka-srk 2

शाहीद कपुर
प्रियंका चोपराको जीवनमा शाहीद कपुर पनि आए तर टिकेनन् । उनीहरुलाई थुप्रै मिडियाले जोडीकोरुपमा ब्याख्या गरे पनि उनीहरुले यो कुरा स्वीकार भने गरेनन् । करिना कपुरसँग नजिकिएर धोका पाएका शाहीदले प्रियंकासँगको सम्बन्ध सार्वजनिक नगर्न चाहन्थे । तर प्रियंका चोपराको घरमा आइटीका अधिकारीले छापामा मार्दा उनीहरु रातिमा सँगै भेटिएका थिए । करन जोहरको कफी विद करन भन्ने कार्यक्रममा शाहिदलाई प्रियंकाको पूर्वप्रेमी भनेर संवोधन गर्दा प्रिंयका हाँसेर मात्र टारेकी थिइन् ।
Priyanka n sahid

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget