news and more entertainment

माकुरालाई आफ्नो जिउमा टोकाउंदा, यौन क्षमता बढ्ने नया तथ्य ...

बदलिँदो जिवनशैली, तनावको बढ्दो पारो तथा भोजनको असन्तुलनका कारण विश्वमा मानिसहरुको यौन क्षमतामा गिरावट आइरहेको छ । यौन सम्बन्धि अपेक्षा बढ्नु तथा क्षमता घट्नुले मानिसमा झन तनाव थप्दैछ । मानिसहरुले आफ्नो यौन क्षमता बढाउन विभिन्न खाले उपायहरु अपनाउने समेत गरेका छन् । कतिपयले प्राकृतिक तवरले यौनशक्तिमा वृद्धि गर्ने काइदा खोज्छन् त कतिले चिकित्सा विज्ञानको सहारा समेत लिन्छन् । तर ब्राजिलमा एउटा यस्तो घटनाको खुलासा भएको छ जहाँ निकै डरलाग्दो तथा अनौठो तरिकालाई यौन क्षमता बढाउने काममा प्रयोग गर्ने गरिएको छ ।


त्यहाँ कुनै जडीबुटी वा औषधि खाएर होइन एक माकुरालाई आफ्नो जिउमा टोकाएर यौन क्षमता बढाउने प्रचलन रहेको छ । निकै विषालु रहेको भनिएको एक प्रजातिको माकुरालाई जिउमा टोकाएपछि त्यसको विषले ठूलो प्रभाव पार्ने र त्यसपछि मानिसमा उत्पन्न हुने यौन उत्तेजना लामो समयसम्म रहिरहने विश्वास मानिसहरुको रहेको छ । त्यसकारण वैज्ञानिकहरु आखिर त्यो माकुराको विषमा के त्यस्तो रसायन छ जसको कारण मानिसमा यौन उत्तेजना लामो समयसम्म रहिरहन्छ ? भन्ने कुराको अनुसन्धानमा जुटिरहेका छन् । यो अनुसन्धानमा सफलता मिलेमा यसले यौन जगतमा क्रान्ति ल्याउने कतिपयको भनाइ छ ।


 ब्राजिलियन वांडरिङ स्पाइडर को नामले चिनिने उक्त माकुराको विषले मानिसलाई एकातर्फ लठ्ठाउँछ भने अर्कोतर्फ यौन उत्तेजना पैदा गर्छ । अमेरिकाको साइकोलोजिकल सोसाइटीको वाषिर्क बैठकमा शोधकर्ताहरुले यो माकुराको विषका विषयमा गरेको प्रारम्भिक अध्ययनको रिपोर्ट प्रस्तुत गरेका छन् । जर्जिया मेडिकल कलेजका शोधकर्ताहरुले यो माकुराको विषलाई मुसामा सुइमार्फत दिएर हेर्दा भाले मुसामा यौन उत्तेजना बढाएको पाइयो । उक्त विश्वमा करोडौँ पुरुषहरु यौन उत्तेजनाको समस्याबाट पीडित रहेको अवस्थामा यो माकुराको विषलाई औषधि बनाएर प्रयोग गर्न सकिएमा त्यसले ठूलो तहल्का मच्चाउन सक्ने अनुमान गरिएको छ । एजेन्सीको सहयोगमा ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget