news and more entertainment

सञ्जय दत्तले किन मागे जेलबाट १४ दिनको छुट्टी

जेलमा रहेका बलिउड नायक सञ्जय दत्त फेरि एक पटक बाहिर आउन चाहन्छन । उनले जेल प्रशासनसँग १४ दिनको छुट्टी मागेका छन ।


उनलाई छुट्टी किन चाहियो भन्ने कुरा बाहिर आएको छैन तर पनि यसले यस्तो संकेत देखाएको छ कि सञ्जय अभिनित फिल्म 'पिके' छिट्टै नै रिलिज हुने तयारीमा रहेको छ र उनीले यस फिल्मको प्रमोसन गर्न चाहेको बताइन्छ ।


सञ्जय दत्तको १९९३ मा सिरियल ब्लास्ट भएको बेला गैरकानूनी रुपमा हतियार राखेको आरोपमा ५ वर्षको जेल सजाय सुनाइएको थियो । जस मध्ये १८ महिना उनले पहिला नै जेल सजाय भोगिसकेका छन ।

सञ्जय २०१३ देखि मे १४ सम्म १ सय ८ दिन जेल बाहिर रहेका थिए । अन्तिम पटक भने उनी गत डिसेम्बरमा पत्नी मान्यतासँग विरामी भएको कारण जेलबाट ३० दिनको छुट्टीमा बाहिर आएका थिए । एजेन्सी भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget