news and more entertainment

स्तनको आकार कसरि बढाउन सकिएला? अहिलेसम्म कुनै पुरुषले मेरो स्तन छोएको छैन, तर पनि यस्तो नरम र सानो किन छ ? म यो समस्याले निकै चिन्तित छु ।

म २४ वर्षीया अविवाहित महिला हुँ । म पेसाले विद्यार्थी हुँ । मेरो उचाइ ५ फिट ४ इन्च र तौल ४५ किलो छ । म अरू व्यक्तिभन्दा केही पातली नै देखिन्छु, तर कुनै रोग भने छैन । मेरो समस्या भनेको स्तन अति नै सानो र कपासभन्दा नरम हुनु हो । उमेरअनुसार स्तन बढाउन र कडा बनाउन के उपाय गर्नुपर्ला ? अहिलेसम्म कुनै पुरुषले मेरो स्तन छोएको छैन, तर पनि यस्तो नरम र सानो किन छ ? म यो समस्याले निकै चिन्तित छु । यही समस्याले विवाहपछि कतै मेरो घरबार बिग्रने त होइन ?
स्तनको आकार तथा आकृतिको महिलाको मानसिकतामा महत्त्वपूर्ण प्रभाव हुन सक्छ । यससँग आत्मसम्मानको कुरा पनि जोडिएको हुन्छ । यसको आकार वा आकृतिका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिन्छ । कतिपय समाजमा जस्तै हाम्रो समाजमा पनि ठूला र सारो स्तन नै मन पराइन्छ । यसको सौन्दर्यसँग स्तनको आकार तथा आकृति जोडिएकाले यसलाई निश्चित रूप दिन महिलाहरुमा दबाब हुन्छ । यसो हुँदाहुँदै पनि स्तनको आकार ठूलो हुँदैमा बढी र सानो हुँदैमा कम यौनसुख पाइने भन्ने होइन । शारीरिक रूपमा पुरुषले यौनआनन्द पाउन स्तनको आकारको कुनै भूमिका हुँदैन । व्यक्तिअनुरूप स्तनको स्वरूप एवं आकारमा धेरै विविधता पाइन्छ । यसमा भएको तन्तुका आधारमा कुनै ठूलो वा सानो हुनसक्छ । सामान्यतः स्तनको आकार वा स्वरूपलाई प्रभाव पार्ने प्रमुख कुरा निम्न छन्— स्तनका तन्तुको मात्रा, पारिवारिक इतिहास, उमेर, तौल बढ्नु वा घट्नु, स्तनको छालाको मोटाइ वा तन्किन सक्ने गुण, रागरस -हर्मोन) हरूको प्रभाव, स्तनको विकासका क्रममा यसको आकार र कडापनमा परिवर्तन हुन्छ । किशोरावस्थामा विकास हुँदा स्तनको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र यति बेला यसका तन्तुहरू निकै खाँदिएको हुनाले वयस्क उमेरका महिलाभन्दा कडा हुन्छ । उमेर बढ्दै गएपछि स्तनको खँदिलोपन पनि घट्दै जानेे हुनाले पहिलेको तुलनामा नरम हुँदै जान्छ । स्तनको आकारमा वंशाणुगत प्रभाव एकातिर हुन्छ भने अर्कातर्फ पोषणको । यी दुवैको संयुक्त प्रभाव स्तनको आकार निर्धारणमा महत्त्वपूर्ण छ । आमा र दिदीहरूको स्तनको आकार-प्रकार धेरै मिल्नुमा वंशाणुगत कारण हुनसक्छ । कडा वा कसिलो स्तन भए पनि बोसोले बनेको हुँदा यो एकदम कडा हुँदैन भन्ने कुरा पनि थाहै होला । तपाईंले आफ्नो स्थानलाई कपाससँग कुन अर्थमा तुलना गर्नुभएको हो, थाहा भएन, खुला कपास कि अन्य ? नेपालमा कपासको सिरानी पनि निकै कडा हुन्छ । पोषणको स्थितिका बारेमा केही कुरा तपाईंले हालको तौल लेख्नुभयो तर पहिले कति तौल थियो भन्ने विषयमा केही लेख्नुभएको छैन । पहिले तौल बढी भएर पछि घटेको स्थितिमा पनि स्तनको आकारमा कमी आउनुका साथै कसिलोपनमा कमी आउन सक्छ अर्थात् नरम हुनसक्छ । तौलमा थोरै उतारचढाव हुँदा पनि स्तनमास्पष्टसँग परिवर्तन नदेखिन सक्छ । तपाईंले अन्य कुनै रोग नभएको कुरा गर्नुभएको छ, त्यसैले एक हदसम्म तपाईंको पोषणको स्थिति असामान्य नहोला । पोषणका बारेमा एक हदसम्म तपाईंको तौलले जनाउ दिन्छ । अब प्रश्न हुनसक्छ, तौल सामान्यभन्दा कम वा बढी भएको कसरी थाहा पाउने ? चार्ट वा तौलका टेबल पनि पाउन सकिन्छ, जसले तपाईंको उचाइअनुसारको तौल छ कि छैन भनेर हेर्न सकिन्छ । हामी शरीरको द्ययमथ ःबकक क्ष्लमभह ९द्यःक्ष्० हेरेर पनि तौल सामान्यभन्दा कम वा बढी भएको निक्र्यौल निकाल्छौं । सामान्यतः हामी वयस्क व्यक्तिको उचाइ र तौलका आधारमा शरीरमा कति ‘बोसो’ भनेर नाप्छौं । यसलाई नै हामी द्ययमथ ःबकक क्ष्लमभह ९द्यःक्ष्० भन्छौं । पद्धतिका पनि आफ्नै सीमितताहरू छन् । यो क्ष्लमभह यदि १८ दशमलव ५ देखि २४ दशमलव ९ सम्म छ भने त्यसलाई सामान्य तौल मानिन्छ । यो २५ देखि २९ दशमलव ९ सम्म भएको स्थितिमा तौल बढी भएको मानिन्छ भने यो ३० भन्दा बढी भएको स्थितीमा ‘मोटो’ भनिन्छ । त्यसैगरी १८ दशमलव ५ भन्दा कम द्यःक्ष् भएको व्यक्तिलाई कम तौल भएको भनिन्छ । तपाईंको उचाइ ५ दशमलव ४ इन्च तथा तौल ४५ किलो छ । त्यसैले तपाईंको द्यःक्ष् यस्तै १७ हुन्छ । यो तौल सामान्यभन्दा कम हो । त्यसैले तपाईंले पोषणमा ध्यान दिनु राम्रो हुन्छ । अति नै कम तौल र यौनजीवन मोटोपनको अप्रत्यक्ष नकारात्मक असर यौन जीवनमा पर्ने कुरा स्पष्ट नै छ । तौल सामान्यभन्दा कम हुँदा पनि त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव यौनजीवनमा पर्न सक्छ । कम तौल हुनुले कुनै किसिमको अस्वस्थताको संकेत गरिरहेको हुनसक्छ । कतिपय व्यक्तिलाई आफ्नो तौल ठीक छ कि छैन थाहा हुँदैन । अति नै पातली वा दुब्ली महिला पनि यौनका दृष्टिकोणले आकर्षक देखिन सक्छन् । अति नै कम तौलले कुनै दीर्घरोग भएको जनाएको हुनसक्छ, जसको प्रभाव सामान्य शारीरिक क्रियाकलापका साथै यौन क्रियाकलापमा पनि पर्ने नै भयो । अति नै कम तौल हुँदा आकर्षण कम हुने वा त्यससँग जोडिएको जीवनशैलीको कुराले सम्बन्ध सुमधुर नहुने स्थिति आइपर्न सक्छ, जसको नकारात्मक असर यौनजीवनमा पर्छ नै । अति नै कम तौल भएको स्थितिमा स्तन कसिलो नहुन सक्छ, जसको यौनजीवनमा पर्न सक्ने समस्याका बारेमा चासो त व्यक्त गर्नुभएको छ, तर अर्को महत्त्वपूर्ण कुरा के भने स्तन सानो भएको स्थितिमा पनि यौनआनन्द प्राप्त गर्न वा स्तनपानमा नकारात्मक असर पार्दैन । समाधानका लागि के गर्नुपर्ला ? यो स्तम्भ नियमित रूपमा पढ्नुभएको छ भने स्तन ठूलो देखाउने तरिकादेखि शल्यक्रियाका बारेमा पक्कै पढ्नुभएको होला । तपाईंको तौल केही बढाउने विषयमा सोच्नु आवश्यक छ । यसका लागि पोषणयुक्त खाना एवं पर्याप्त मात्रामा क्यालोरी खानुपर्छ र यसका लागि व्यायाम पनि आवश्यक हुन्छ । अर्कातिर विशेष गरेर अति नै पातली हुनु भनेको सुन्दरी हुनु हो भन्ने सोच छ भने त्यसलाई त्याग्नुपर्छ । यो पक्कै हो कि कतिपयलाई ठूला स्तन आकर्षक लाग्छन्, तर स्तनको स्पर्शले नै यौन सुख लिन वा दिन सक्छ भन्ने कुरामा केन्दि्रत भै अघि बढ्नुपर्छ । त्यसबाहेक अर्को महत्त्वपूर्ण कुरा के भने सामान्यतः एक सामान्य व्यक्तिको तौल अनि स्तनको आकार आदर्श स्थितिमा नहुन सक्छ । अलिकति तौल बढी वा कम भयो भन्दैमा आनवश्यक रूपमा चिन्ता लिनु हुँदैन । तपाईंको स्तन वा शरीर जस्तो भए पनि तपाईंलाई मन पराउने व्यक्ति संसारमा कतै छन् भन्ने पनि विचार पुर्‍याउनुहोस् ।source:tazakhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget