news and more entertainment

देखावटी मात्र थियो सलमान र शाहरुखको सम्बन्ध...

शाहरुख खान र सलमान खान बहिनी अर्पिता खानको विवाहमा सँगै नाचेको र अंगालो हालेको देखेर उनीहरुका प्रशंसकहरु खुसी भए होलान् र उनीहरुले बलिउडका तीन खानहरु अब साथी भएको अडकल बाजी पनि गर्न थालेका थिए । तर प्रशंसकहरुको खुसी धेरैबेरसम्म टिक्न सकेन र उनीहरुको अड्कलबाजी पनि गलत साबित भएको छ । उनीहरुबिच सुमधुर सम्बन्ध नरहेको सलमानले बताएका छन्, त्यो पनि बलिउडकी नायिका सोनाक्षी सिन्हाको अगाडि ।

सोनाक्षी सिन्हा आफ्नो फिल्म ‘एक्सन ज्याक्सन’ को प्रोमोसनका लागि सलमान खानले होस्ट गरिरहेको कार्यक्रम ‘बिग बोस–८’ पुगेकी थिइन् । कार्यक्रमको दौरान सलमानले सोनाक्षीलाई आफूलाई मनपर्ने को–स्टार को हुन् भन्ने प्रश्न गरेका थिए । सोनाक्षीले उत्तरमा भनिन्– सलमान खान ।




उनले शाहरुख र सलमानको सम्बन्धको बारेमा टिकाटिप्पणी गर्दै भनिन्, ‘अब त शाहरुख खानसँग पनि तपाईंको कुरा मिलिसकेका कारण अब तपाईंहरु एउटा प्याकेजमा आउनुहुनेछ । ’ सोनाक्षीको यो भनाईप्रति निकै भावुक हुँदै सलमानले आफूहरु बिच त्यस्तो केहि पनि नभएको बताए । उनले भने, ‘हामीहरुबिच केहि पनि ठिक भएको छैन र यहाँ कुनै पनि प्याकेज डिल पाइँदैन ।



 यति सुनिसकेपछि सोनाक्षी केहि बेरका लागि चुप भइन् । सलमान खानको यो भनाईले उनको शाहरुखसँगको सम्बन्धमा कुनै पनि सुधार नभएको स्पष्ट पारेको छ भने दर्शकहरुले सलमान र शाहरुखबिच भएको मित्रता के देखावटी मात्र थियो त भन्ने प्रश्न गर्न थालेका छन् । (एजेन्सी) भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget