news and more entertainment

नरेन्द्र मोदीलाई आतंकारीले हत्या गर्ने धम्की : भारतमा सुरक्षा व्यवस्था कडा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक आतंकवादी संगठनले डरलाग्दो धम्की दिएको छ । पाकिस्तान र भारतको सीमा क्षेत्रमा ८० जना भन्दा बढीको ज्यान जाने गरी गराइएको विष्फोटको जिम्मा लिएको एक आतंकवादी संगठनले प्रधानमन्त्री मोदीलाई हत्याराको सज्ञा दिँदै त्यसको बदला लिने चेतावनी दिएको छ ।

पाकिस्तानी आतंकवादी संगठन तहरीक-ए-तालिबान पाकिस्तान जमात अहरारका प्रवक्ता एहसानुल्लाह एहसानले टि्वटरमा मोदी सयौं मुसलमानको हत्यारा भएको आरोप लगाउँदै कश्मिर र गुजरातका जनताले उनीसँग बदला लिने चेतवनी दिएका हुन् ।



पाकिस्तानमा आक्रमण गर्न सक्ने आफूहरुले भारतमा पनि त्यस्तै आक्रमण गर्न सक्ने चेतावनी समेत उनले दिएका छन् ।

यो चेतावनीपछि मोदीको सुरक्षा ब्यवस्था कडा तुल्याएको छ भने भारतभरी सुरक्षा सतर्कता बढाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यस अघि पनि यो संगठनले थुप्रै आक्रमण र हत्या गरिसकेको छ । एजेन्सी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget