news and more entertainment

मृत्युदण्ड सुनाइएका खालिङलाई कसले तिरिदियो बचाउन १ करोड ?

दोहा – यूएईमा मृत्युदण्ड सुनाइएका अनीश खालिङलाई बचाउन देशविदेशमा रहेका नेपालीले सहयोग गरे । चाहिनेभन्दा तीन गुणा बढी उठ्यो पनि । अनीश खालिङ बचाउ अभियानले परराष्ट्र मन्त्रालय हुँदै नेपाली दूतावास यूएईमा पठाइदियो ।
त्यो रकम लिएर नेपाली दूतावासका अधिकारी अदालत पुग्दा अचम्मको सूचना सुनियो–व्डमनी( क्षतिपूर्ति) स्वरुप बुझाउनुपर्ने रकम जम्मा भइसक्यो ।
कसले बुझाइदियो होला त्यो रकम ? त्यो पनि थोरै होइन,नेपाली एक करोड रुपैयाँ बराबर ।


यूएईका लागि नेपाली राजदूत धनञ्जय झा आफैं आश्चर्यमा छन् । ‘हामी तीन लाख र पाँच हजार दिरामका दुईटा चेक बुझाउन अदालत पुगेका थियौं’, राजदूत झाले भने,‘अदालतले पहिल्यै जम्मा भइसकेको छ भन्दै चेक फिर्ता गरिदियो । तर त्यो व्यक्ति को हो बताउन चाहेन ।’उनका अनुसार अदालतले रकम पठाइसकेकोबारे दूतावासलाई पत्रसमेत पठाएको छ । पत्रमा पनि रकम तिरदिनेबारे खुलाइएको छैन ।
पाकिस्तानी नागरिकको हत्या गरेको पुष्टी भएपछि मत्स्यपोखरी–३,संखुवासभाका खालिङलाई यूएई अदालतले डेढ वर्षअघि मृत्युदण्ड सुनाएको थियो । उनलाई बचाउन तीन लाख दिराम व्लडमनी चाहिन्थ्यो । वकिलका लागि थप पाँच हजार । विपन्न परिवारका उनको जीवन रक्षार्थ रकम संकलन अभियानै सुरु गरियो । त्यसका लागि आवश्यक ८१ लाख एहजार ९ सय ५९ रुपैयाँ वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको खातामा साउन साउन २८ गते जम्मा गरेको अभियानका अध्यक्ष नारद खालिङले बताएको आजको कान्तिपुर दैनिकमा खबर छ ।
तस्बिरःसाभार इकान्तिपुर
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget