news and more entertainment

यस्ता आँखा हुनेले धोका दिन्छन्

शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

हाम्रा शरीरका अंग माध्ये आँखाको पनि समुन्द्र शास्त्रमा ठूलो महत्व छ । हाम्रो आँखाको रंग अनुसार स्वभाव पनि हुने यो शास्त्रको भनाइ छ । आँखा हेरेर नै मानिसको गोप्य कुरा थाहा पाउन सकिने समुन्द्र शास्त्रीहरु दावी गर्छन् ।

आँखाको नानी
आँखाको नानी खैरो हुने ब्यक्ति प्रभावशाली हुन्छन् । यस्ता ब्यक्तिले अरुलाई सहजै प्रभावित गर्न सक्छन् । त्यतिमात्र होइन यस्ता ब्यक्तिले अरुबाट अनावश्यक फाइदा लिने खतरा पनि हुन्छ । यस्ता ब्यक्ति धोकेवाज पनि सावित हुन्छन् ।


औंला बढी
कुनै पनि ब्यक्तिको १० भन्दा बढी औंला छन् भने त्यस्ता ब्यक्तिले जीवनमा निक्कै धन कमाउँछन् । यस्ता ब्यक्ति प्रसिद्ध हुने पनि सम्भावना बढी हुन्छ ।

दाँत माथि दाँत
जुन ब्यक्तिको दाँत माथि दाँत खप्टिएको हुन्छ त्यस्ता ब्यक्ति विचारशील र साहसी हुन्छन् । यस्ता ब्यक्तिले आफ्नो स्वभावबाट अरुलाई प्रभावित गर्न सक्छन् ।

रौं नै रौं हुने
कुनै पनि मानिसको शरीरमा जताततै रौं छ भने त्यस्तो ब्याक्तिको काम बासना उच्च हुन्छ । यस्ता ब्यक्तिले भोग विलाशमा बढी ध्यान दिन्छन् ।

छातीमा रौं
जुन ब्यक्तिको छातीमा अत्याधिक रौं हुन्छ त्यस्ता ब्यक्ति सन्तोषी स्वभावका हुनेछन् । यस्ता ब्यक्तिलाई धनको कमि हुँदैन ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget