news and more entertainment

मोदीको सपथग्रहणमा ‘भीभीआईपी’को हैसियतमा सलमानसहित दर्जनौं कलाकार

 
salman-khanनवनिर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ राष्ट्रपति भवनमा सपथ लिँदैछन् । चुनावमै देखिएको बलिउड–राजनीति सम्बन्ध आजको सपथ ग्रहणमा पनि झल्किने भएको छ ।
भारतीय संचारमाध्यमहरुका अनुसार सपथग्रहण समारोहमा बिभिन्न देशमा भीभीआईपी अतिथिहरुसँगै बलिउृडका केही खास कलारहरुलाई पनि बोलाइएको छ । जसमा मोदीका फ्यान सलमान खान पनि रहेको बताइएको छ ।
आमन्त्रित कलाको पहिलो सूचीमा छिन गायिका लता मंगेश्कर जसले गत जनवरीमा मोदीको सफलताका लागि आर्शिबाद दिएकी थिइन् ।
कार्यक्रममा स्मृति इरानी, हेमा मालिनी, धर्मेन्द्र, परेश रावल, सत्रुघ्न सिन्हा, बिनोद खन्ना र रेखा लगायतका कलाकारलाई पनि बेलाइएको छ । अमिताभ बच्चन र दक्षिण भारतीय स्टार रजनीकान्तलाई पनि भीभीआईपीकै हैसियतमा सपथग्रहण कार्यक्रममा बोलाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget