news and more entertainment

गर्मीमा के को जुस लाभदायक

 
10308286_495439123918859_3741785244593274566_nगर्मीको मौसम सुरु भइसकेको छ । यति बेला तपाईंले आफ्नो स्वास्थ्यको निकै ख्याल राख्नुपर्ने हुन्छ । गर्मी होस् या जाडो दुबै मौसममा उचित खानपानले तपाईंको स्वास्थ्यमा सकारात्मक असर पुर्याउँछ ।
गर्मी भन्ने बित्ति कै मानिसहरु चिसो पेय पदार्थ, आइसक्रिम सोच्ने गर्दछन् । गर्मीमा ताजा जुस पिउनाले यसले तपाईंलाई उत्साहित र हाइड्रेट राख्छ । गर्मीमा कस्तो प्रकारको जुस खाँदा राम्रो हुन्छ भन्ने कुरा यहाँ प्रस्तुत गरिएका छन् ।
तर्बुजाको जुसः
तर्बुजाको रस सबै उमेर समूहका लागि प्रिय छ । तर्बुजामा धेरै मात्रामा पानीको मात्रा पाइन्छ र गर्मीको समयमा ताजा राख्ने यो उत्तम विकल्प मानिएको छ । तर याद राख्नुहोस् ताजा तर्बुजाको जुसले मात्र तपाईंलाई राम्रो गर्छ । लामो समय सम्म फ्रिजमा राखिएको तर्बुजाको जुसले तपाईंको पेटमा समस्या निम्त्याइ दिन्छ ।
कागती–अदुवाको जुसः
कागती र अदुवाको जुसमा क्यान्सर विरोधी गुणहरु भएको मानिन्छ । भिटामिन सी ले भरिपूर्ण यस्तो जुसले तपाईंको पेटसँग सम्बन्धित धेरै समस्याहरु नष्ट गरिदिन्छ । त्यस कारण यदि तपाईंमा पेटको समस्या छ भने यो नै तपाईंको राम्रो उपचार पद्धति हुनेछ । साथ साथै, यसले कुनै पनि छाला र कपालसँग सम्बन्धित समस्याहरुको पनि समाधान गर्दछ ।
खर्बुजाको जुस:
यो भिटामिन सी,एन्टिअक्सिडेन्ट,बेटा क्यारोटिन जस्ता गुणहरुले भरिपूर्ण हुन्छ जसले एसिडिटी,अल्सर र पिसाब नलीको संक्रमणलाई राहत प्रदान गर्दछ । यसले तौल घटाउन पनि मद्दत गर्दछ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget