news and more entertainment

अपहरण गरी सात लाख फिरौती माग्ने पक्राउ

 
Arest_3इलाम, १० जेठ ।
किशोरी अपहरणमा संलग्न रहेको आरोपमा पाँचथर चिलिङ्देन–१ निवासी कुवेरमान नेम्बाङलाई आज जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
पाँचथर लुङरुप्पा–६ निवासी १५ वर्षीया फागोथरकी किशोरीलाई इलामको फाकफोक–३ स्थित आमाको मावली घरबाट जेठ १ गते राति ९ बजे अपहरण गर्ने नेम्बाङलाई प्रहरीले पक्राउ गरेको हो ।
मावली घरबाट किशोरीलाई अपहरण गरी करिब दुई किलोमिटर टाढाको हेलान चौतारामा पु¥याई नकाप लगाई नेम्बाङसहित आएका अपहरणकारीले रु सात लाख फिरौती माग गरेका थिए । अपहरणकारीले फोनमा कुरा गरिरहेको मौका छोपेर किशोरी भाग्न सफल भएकी थिइन् ।
किशोरीले दिएको बयानका आधारमा अपहरणकारी नेम्बाङलाई प्रहरीले पक्राउ गरेको हो । अपहरणमा संलग्न अन्यको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले बताउनुभयो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget