news and more entertainment

फिल्ममा गरिएको चुम्वनको यत्रो तहल्का :---श्रदा कपुर

 (एजेन्सी)–

मोहित सुरिद्वारा निर्देशित फिल्म ‘एक भिलेन’ ले आफ्नो सफलता पाइसकेको छ र यो फिल्मबाट एकपटक फेरि अभिनेत्री श्रद्धा कपुरले आफैँलाई साबित गर्न कोशिस गरेकी छिन् तर यो फिल्मको लागि श्रद्धा कपुरको आलोचना पनि भइरहेको छ किनभने यो फिल्मका हिरो सिद्धार्थसँग उनले चुम्बनको दृश्य गरेकी छिन् । अचम्म के छ भने श्रद्धा कपुरको यो दृश्यमा मानिसहरुले निकै आपत्ति जनाएको छन् जबकि फिल्म ‘आशिकी–२’ मा अभिनेता आदित्य रोय कपुरसँग उनले बेडसिन नै दिएकी थिइन् ।
एक भिलेनको चुम्बनको दृश्यको बारेमा कुरा गर्दै श्रद्धाले भनिन्, ‘म निकै अचम्ममा छु कि मेरो एउटा चुम्बनको दृश्यमा मानिसहरुले किन यस्तो खण्डन गरिरहेका छन ? दर्शकहरु एउटा चुम्बनको दृश्यमा यस्तो आपत्ति जनाउँछन् भनेर सोचेकी पनि थिइनँ । यस्ता दृश्यहरु त दर्शकलाई सामान्य लाग्नुपर्ने हो । ’ श्रद्धाले खुलेर बताइन् कि जबसम्म उनका निर्देशकको दृष्टिकोणमा उनलाई विश्वास छ, त्यतिबेलासम्म उनलाई चुम्बनको दृश्य दिन कुनै आपत्ति नहुने बताइन् । श्रद्धाले भनिन्, ‘यदि यो सबै कुरा फिल्मको मार्केटिङका लागि गरिएको हो भने यस्तो किन गरियो मलाई थाहा छैन । म मार्केटिङको विशेषज्ञ होइन । हुन त चुम्बनको दृश्य गर्नका लागि म मनबाट निकै रुढिवादी छु । अन्तरंग दृश्य गर्न मेरो लागि सजिलो काम होइन । फिल्मको लागि आवश्यक भएर नै त मैले यस्तो गरिरहेकी हुन्छु । ’ श्रद्धाले थपिन्, ‘म दर्शकलाई उत्तेजित गर्न चुम्बनको दृश्य गर्दिनँ । मलाई आफ्नो निर्देशकको दृष्टिकोणमा विश्वास हुनुपर्छ र मेरो नजरमा यसको औचित्य हुनुपर्दछ । म बेकारमा यस्ता कुराहरु गर्दिनँ ।’ -

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget