news and more entertainment

एक तिहाइ पार्टनर यौन असन्तुष्टि, महिनामा ६ पटक सम्भोग

 बदलिँदो जिवनशैली, बढ्दो धपेडी, विभिन्न खाले स्वास्थ्य तथा यौनजन्य समस्या, बढ्दो मोटोपना लगायतका कारणहरुबाट विश्वका मानिसहरुमा यौनसन्तुष्टिको स्तर घट्दै गएको विभिन्न खाले अध्ययनहरुबाट थाहा हुने गरेको छ । हालै बेलायतमा गरिएको एक अध्ययनले अझै भयानक तथ्य सार्वजनिक गरेको छ ।

उक्त शोधका अनुसार विवाह अर्थात् यौन सम्बन्धमा रहेका बेलायतीहरु मध्ये एक तिहाइ आफ्नो पार्टनरसँगको सम्भोगबाट सन्तुष्ट छैनन् । आफ्नो सेक्स जिवनबाट बढ्दो असन्तुष्टिका कारण सम्भोगप्रति नै वितृष्णा जाग्दै गएका कारण हरेक ५ जनामा एक जना बेलायतीले सम्भोगका लागि समेत तालिका बनाएर निश्चित समय मात्र छुट्टाउने गरेका छन् ।
अध्ययनले अर्को के तथ्य पनि पत्ता लगाएको छ भने बेलायतीहरुले एक महिनामा औषतमा ६ पटक सम्भोग गर्छन् । धेरैले सेक्सलाई दिक्दारीको विषय ठान्छन् र खासै मन गर्दैनन् ।
सर्भेक्षणका क्रममा सबैलाई पहिलो प्रश्न सोधिएको थियो, ‘के तपाइँ आफ्नो यौन जिवनबाट खुसी हुनुहुन्छ ?’
यसक्रममा ५३ प्रतिशतले आफ्नो यौन जिवनबाट खुसी भएको बताए । ३२ प्रतिशतले खुसी नभएको बताए भने १५ प्रतिशतले आफुलाई थाहा नभएको जवाफ दिए ।
धेरै बेलायतीहरु यौन सम्पर्कलाई मन नलाग्दा नलाग्दै पनि दाम्पत्य जिवनलाई धान्नको लागि बाध्यकारी उपायको रुपमा अपनाइरहेको पाइएको छ । अध्ययनमा समावेश गरिएका मध्ये १७ प्रतिशतले आफ्नो सम्भोगको दिन, समय तथा तरिकाका विषयमा पूर्व योजना तथा तालिका नै बनाएर समय छुट्टाउने गरेका छन् ता की अरु कामका कारण सम्भोग गर्न नभूलियोस् ।
आफ्नो यौन जिवनबाट सन्तुष्ट नरहेको बताएका मानिसहरु मध्ये ८४ प्रतिशतले आफ्नो सेक्स लाइफ निकै दिक्क लाग्दो भएको बताए भने ४३ प्रतिशतले आफुले पर्याप्त सम्भोग गर्न नपाएका कारण आफ्नो यौन जिवन सन्तोषजनक नभएको बताए । १६ प्रतिशतले आफ्नो पार्टनर ठीक नभएको बताए भने १० प्रतिशतले जिवनसाथीसँगको सम्बन्धमा धैर्य नभएका कारण पनि यौन सन्तुष्टि नमिलेको बताएका छन् ।
आफ्नो यौन जिवनमा सुधार ल्याउन ६३ प्रतिशत मानिसहरु पैसा खर्च गर्न तयार भएका छन् भने १९ प्रतिशतले सेक्सका खातिर सुको पैसा खर्च नगर्नेमा छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget