काठमाडौं, वैशाख । आजभोली सेक्सको बारेमा मानिसहरु खेलेर कुरा गर्न थालेका
छन् । तर, पहिलोपटक सेक्स गर्नेबेला केटा होस् या केटी दुबै आत्तिने गर्छन्
वा उनीहरुमा एकप्रकारको डर पैदा हुन्छ ।
पहिलोपटक
सेक्स गर्दा घबराहट पैदा नहोस् भनेर केही खास कुरामा ध्यान दिनु जरुरी छ ।
खासगरी पुरुषहरुले पहिलोपटक सेक्स गर्दा के कुरामा ध्यान दिनुपर्छ त ?कन्डम नभुल्नुस्
तपाईं पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ भने दिमागमा कुनै पनि डर वा धक
नराखेर कन्डम लगाउन नभुल्नुस् । किनकी कन्डमले एचआईभी संक्रमण, गर्भ रहनबाट
जोगाउ छ ।
हरपल रोमान्चित रहनुस्
खासगरी पहिलोपटक सेक्स गर्नेबेला खासगरी पुरुषहरुले आफ्नो राम्रो भुमिका
प्रदर्शन गर्नुपर्छ । यदि तपाईं सेक्स गर्ने मुडमा हुनुहुन्छ र तपाईंको
पार्टनर पनि त्यसको लागि राजी छिन भने नर्भस नभइकन त्यसको ईन्जोए गर्नुस् ।
तपाईंसँग जब पार्टनर छ भने अरु कुरा सबै भुल्नुस् । तर, ब्लुफिल्म या अन्य
कुनै फिल्मलाई दिमागबाट हटाउनुस् । किनकी फिल्ममा धेरै कुरा सत्य हुदैनन् ।
धैर्यता अपनाउनुस्
तपाईं सेक्सको लागि तयार हुनुहुन्छ भने पनि हतार नगर्नुस् । बरु तपाईंको
पार्टनरलाई पनि सेक्सको लागि तयार हुन दिनुस् । अर्थात् पार्टनरलाई
उत्तेजित बनाउने भुमिका हुनुपर्छ तपाईंको । यसकोलागि ओरल सेक्स, बडी मसाज
लगायत गतिविधि गर्न सक्नु हुन्छ । यसका धेरै तरिका छन् । तर, तपाईंको
पार्टनरलाई जे राम्रो लाग्छ त्यो कुरा मात्रै गर्नुस् ।
लुब्रिकेन्ट्सको प्रयोग
पहिलोपटक सेक्स गर्दा प्राय स्त्रीहरुलाई पीडा हुन्छ । त्यसैले तपाईंले यो
कुरालाई विशेष ख्याल पुर्याउनु पर्ने हुन्छ । पार्टनरलाई पीडा नहोस् भनेर
तपाईंले आफ्नो लिङ्गमा चिल्लो पदार्थ प्रयोग गर्न सक्नुहुन्छ । सेक्सको
बेला प्रयोग गर्ने लुब्रिकेन्ट बजारमा पाइन्छ । त्यसो त सबै कण्डममा चिल्लो
पदार्थ हुन्छ ।
पहिलो पटक सेक्स गर्दा स्त्रीको योनी भित्र रहने पातलो झिल्ली फाट्छ र रगत
बग्छ । यदि रगत आएन भने कुमारीत्व भंग भैसकेको भन्ने आम धारणा छ । तर यो
कुरा गलत साबित भैसकेको छ । कसै कसैको सेक्स नगरे पनि झिल्ली फाटिसकेको
हुन्छ । खासगरी शारिरिक श्रम गर्ने, साकइल चलाउनेहरुको झिल्ली सेक्स गर्नु
अघि नै फाटिसकेको हुन्छ ।
पार्टनरको चाहना ख्याल राख्नुस्
आफ्नो पार्टनरले के चाहान्छ, के चाहँदैन भन्ने कुरा बुझ्नु जरुरी हुन्छ ।
नवविवाहित जोडीलाई सबैभन्दा अप्ठेरो पर्ने कुरा नै यही हो । आजभोली विहे
अघि नै धेरैजसोको चिनजान र धेरैपटक भेटघाट भैसकेको हुन्छ । यस्तोबेला
एकअर्काको भावना साटासाट त हुन्छ । तर बेडरुममा अर्थात् सेक्स गर्ने बेला
के मन पर्छ के मन पर्दैन भन्ने कुरा बुझ्नु अत्यत्न जरुरी हुन्छ । यसको
लागि सेक्स गर्नुअघि आफ्नो पार्टनरसँग सेक्सको बारेमा खुलेर कुराकानी गर्न
सकिन्छ । यदि पार्टनरले सेक्सको बारेमा खुलेर कुरा गरेमा निश्चितरुपमा
पहिलो पटकको सेक्सको राम्रोसँग मजा लिन सक्छन् ।
समस्या आउन सक्छ
धेरैजनालाई पहिलोपटक सेक्स गर्दा केही समस्या आउन सक्छ । जस्तो की कुनै
पुरुष लाजले वा तनावले उत्तेजित नहुन सक्छ । कोही सेक्स गर्नु अघि नै
स्खलित हुन सक्छ । कतिपयलाई एलर्जीको देखिन सक्छ । यसो भएमा नआत्तिनुस् ।
बरु धैर्यपूर्वक काम गर्नुपर्छ । कैयौं पुरुषमा सेक्स समस्याको कारण
आत्मविश्वास डगमगाउने गर्छ । तर साँचो कुरा के हो भने पहिलोपटक सेक्स गर्दा
यी सबै हुनु सामान्य कुरा हुन् ।
कोही पनि बेस्ट हुदैन
तपाईंले के कुरा ख्याल गर्नुपर्छ भने पहिलोपटकको सेक्समा राम्रो भुमिका
निर्वाह गर्न सकिनँ भनेर चिन्ता लिनु पर्दैैन । यसले तपाईंको सेक्स लाइफ
बिग्रिदैन । सेक्समा कोही पनि उत्कृष्ट हुदैन । नियमित रुपमा सेक्स गर्दै
जाँदा अनुभव हुदै जान्छ र राम्रो सेक्स जीबन बन्छ ।
सेक्सपछि के गर्ने ?
सेक्स गरिसकेपछि तपाईं आफ्नो पार्टनरसँगै रहनु पर्दछ । कुराकानी गरेर रहन
सक्नु हुन्छ । जस्तो की सेक्सको अनुभव कस्तो भयो ? सेक्सको बेला के कमी
लाग्यो ? आदि आदि । तपाईं चाहानु हुन्छ भने तपाईंले आफ्नो पार्टनरलाई बडी
मसाज गरिदिन पनि सक्नु हुन्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Post a Comment