news and more entertainment

महिनावारी हुँदा हुने शारिरक परिवर्तन

(एजेन्सी)– महिनावारी, प्रत्येक महिलाको जिन्दगीमा हरेक महिनाको पाँच सबैभन्दा खराब दिन हुने गर्दछ जब महिलाले नराम्रो शारिरिक स्थितिमा सबैकुराको प्रबन्ध मिलाउनु पर्ने हुन्छ । यति बेला महिलाको शरिरमा थुप्रै परिवर्तनहरु आउने गर्दछ जसले शरिरलाई बढाउन मद्दत गर्छ र  परिपक्क बनाउँने गर्दछ । महिनावारीको सुरुवात, किशोरीहरुमा ९ देखि १७ वर्षको बिचमा हुने गर्दछ । यदि १७ वर्षपछि पनि कुनै किशोरी महिनावारी भइनन् भने यो समस्याको विषय हुनेछ । कुनै महिला महिनावारीलाई निकै प्रतिक्षा गरेर बसिरहेका हुन्छन् भने कसैले यसलाई घिनलाग्दो मान्छन् । महिनावारी महिलाहरुको प्रजनन क्षमतालाई विकास गर्ने एउटा माध्यम हो । महिनावारी भएमा महिलाको प्रजनन क्षमता सहि भएको बुझ्नुपर्छ । यतिबेला महिलाको शरिरमा थुप्रै परिवर्तन हुने गर्दछ जसको बारेमा तपाईंलाई तल उल्लेखित बुँदाहरुले जानकारी दिन्छ । 

  • नयाँ रुपः महिनावारी भएको बेला महिलाको शरिरमा केहि परिवर्तन हुने गर्दछ जसका कारण उनको रुपमा परिवर्तन हुने गर्दछ । महिनावारी भएको बेलामा पेटको आकार त्रिकोण जस्तो देखिन्छ र यहि दिनमा नै महिलाको स्तन बढ्ने गर्दछ । 
  •  डण्डिफोरः महिलाहरुमा यो समस्या निकै सामान्य हुने गर्दछ । महिनावारी भएको बेलामा हर्मोनमा परिवर्तन हुने भएका कारण डण्डिफोर आउने गर्दछ । महिनावारी भएको अन्तिम हप्तामा यस्तो हुने गर्दछ । यद्यपी, यस्तो सबैलाई हुनुपर्छ भन्ने आवश्यक छैन । 
  • पीएमएसः पीएमएस अर्थात प्रिमेन्ट्रुअल सिम्टम । आजकालको व्यस्त जिन्दगीमा पीएमएसको समस्या हुनु साधारण भइसकेको छ । यो महिनावारी हुनुभन्दा अघिको लक्षण होः – स्तन टाइट हुनु र दुख्नु – रिस उठ्नु
  • ऐठनः वयस्क महिलाहरुलाई महिनावारी भएको बेलामा ऐठनको समस्या निकै हुने गर्दछ । कुनै पनि वयस्क महिलाले महिनावारीको दौरान हुने ऐठनलाई रौँ खडा गरिदिने भावना भन्ने गर्दछन् । यस्तो प्रकारको शारिरिक परिवर्तनलाई केहि गरेर पनि रोकथाम गर्न सकिँदैन र यस्तो समस्या महिलाले प्रत्येक महिना सहनुपर्ने हुन्छ ।
  • कसरी स्वस्थ रहनेः महिनावारी भएको बेलामा सबै महिलाले आफ्नो शरिरको विशेष ध्यान दिनुपर्ने हुन्छ । हरियो सागसब्जी र सूपहरु खानुपर्छ र व्यायामका साथसाथै योगा गर्नुपर्छ । महिनावारीको पिडा सहनका लागि मानसिक रुपमा तयार हुनुपर्छ किनभने यदि तपाईंले झेल्नुभएन भने अरु कसले झेल्छ ?
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget