news and more entertainment

यो हार्मोनले बढाउँछ यौन आनन्द

काठमाडौं, हुन त मानिसहरू सेक्समा आनन्द बढाउनका लागी बिभिन्न उपायहरू अपनाउने गर्दछन । तर हालै गरिएको एक सर्भे अनुसार यो कुरा एउटा यस्तो हर्मोन छ, जसलाइ सेक्स गर्नु ठिक अघि लिनाले सेक्स प्लेजर बढाउन सकिन्छ । बिजनेस स्टेन्डर्डमा प्रकाशित खबर अनुसार, स्टडीमा यो कुरा प्रमाणित समेत भएको छ कि ‘बन्डिंग’ हार्मोन निश्चित रूपमा सेक्सन प्लेजर बढाउँदछ, त्यसमा पनि बिशेषगरी पुरूषहरूमा । 
के हो यो हार्मोन ?
सर्वे अनुसार, यदि सेक्स भन्दा ठिक अघि अक्सीटोसिन लिने हो भने सेक्सका क्रममा निकै सन्तुष्टि प्राप्त हुने मात्र नभै उत्कृष्ट क्लाइमेक्स पनि हुने गर्दछ । यद्दपी, अक्सीटोसिन ति मानिसहरूलाइ दिने गरिन्छ जसको सेक्स इच्छाहरू कम हुने गर्दछ वा ती पुरूषहरूलाइ दिइन्छ जो लिंगमा उत्तेजना नहुने समस्याबाट पिडित रहेका छन । 

अक्सीटोसिनले केही यस्ता कुराहरूलाइ ठिक गर्दछ, जसले सेक्सुअल अनुभवलाइ रमाइलो बनाउँदछ र पार्टनरसंग इन्टीमेट हुँदाको मज्जालाइ दुइगुणाले बढाउने गर्दछ । यो रिसर्च जर्मनीको हेनोव्हर मेडिकल स्कूल द्वारा गराइएको थियो । 
कसरी गरियो यो स्टडी ?
यस स्टडीमा २९ जोडीहरूलाइ समावेश गरिएको थियो, जसलाइ अक्सीटोसिन नेजल स्प्रे र अन्य तरीकाहरू सेक्स गर्नु ठिक अघि दिइएको थियो । सेक्सपछि यी जोडीहरूलाइ उनीहरूको अनुभवलाइ लिएर प्रश्न गरियो । यसको नतिजा के पाइयो भने यदि सेक्स ड्राइव कम छैन र लिंगमा उत्तेजनाको कमी छैन भने ती पुरूषहरूले निकै राम्रो चरमआनन्दको अनुभव गरेका थिए । पुरुषहरूका अनुसार उनीहरू धेरै सन्तुष्ट भएका थिए, अन्य समयको सामान्य सेक्सको तुलनामा । त्यसैगरि महिलाहरूले आफ्नो सेक्सुअल ‌इच्छाहरू बढेको कुरा बताएका थिए । यो स्टडी जरनल हार्मोंस एण्ड बिहेवियरमा प्रकाशित भएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget