news and more entertainment

काठमाडौंमा कहाँबाट आउँछन् यौनकर्मी ? ग्राहक को-को ? थाहा पाईराखौ

कहाँबाट आउँछन्

विभिन्न एजेन्टले पूर्वका पहाडीलगायत जिल्लाबाट राम्रो जागिर दिने र धेरै पैसा कमाइने प्रलोभन दिएर विपन्न, अशिक्षित र घरेलु हिंसापीडित किशोरी ल्याउने गरेका छन् । एउटी किशोरी यौनकर्मी भइसकेपछि उसैको माध्यमबाट समेत यो पेसामा आउने गरेको पाइएको छ ।पक्राउ परेमध्येकी स्कुलेजस्तो लाग्ने एक किशोरीले भनिन्, 'म पढ्न छाडेर घरै बसेकी थिएँ । काम पाइन्छ भनेर साथीको साथ लागेर आएकी ।' उनका अनुसार धेरैजना आसपासको गाउँ र पहाडबाट आएका छन् । होटलले ग्राहकसँग कुरा मिलाएपछि आफूहरूलाई खबर आउने र त्यसपछि कोठामा पुग्ने गरेको यौनकर्मीले बताएका छन् ।

प्रहरीका अनुसार १४ वर्षदेखि ६० वर्षसम्मका करिब ७ सय महिला यौनकर्मीले इटहरीलाई आफ्नो सुरक्षित बजारका रूपमा प्रयोग गर्दै आइरहेका थिए । कतिपयले आफन्तलाई नै यो पेसामा लगाएका छन् । केही स्थायी रूपमा नगरमा बसोबास गरेको र धेरै समयसमयमा ग्राहकका साथ तथा होटलको बोलावटमा आउने गरेकाहरू छन् । कतिपय यौनकर्मी भुटानी शरणार्थी, दार्जिलिङ, काभ्रे र काठमाडौंबाट आउने गरेको होटल व्यवसायी संघका अध्यक्ष अनुरोध थापाले बताए ।

ग्राहक को-को ?

इटहरीकोयौन व्यापारका मूल ग्राहक भारतीय नै रहेको होटल सञ्चालक बताउँछन् । प्रहरीले छापा मार्ने क्रममा अधिकांश होटलबाट भारतीय नागरिक पक्राउ परेकाले पहिलो ग्राहक भारतीय नै हुने गरेको प्रहरीले समेत स्विकारेको छ । त्यसपछि विभिन्न सहरबाट विभिन्न पेसा तथा व्यापार गर्नेहरू नै आउने गरेका छन् ।
सुनसरी भन्सार सेतुबन्धका अनुसार असार दोस्रो सातादेखि भारतीय पर्यटकले नेपाल प्रवेशका लागि गाडीको इजाजत लिने क्रम एकाएक घट्यो । यसअघि साताका ४/५ सय निजी सवारीसाधन भेडेटार, धरान र इटहरी घुम्न जाने भन्दै इजाजत लिन आउने गरेका थिए । सहायक भन्सार अधिकृत अमित तिवारीले भने, 'एकाएक इन्डियन प्राइभेट गाडीले अनुमति लिन आउने क्रम एकदम पातलो भएको छ । सायद इटहरीमा प्रहरीको कडाइले हो जस्तो लाग्छ ।'

इटहरीको नागरिक समाज पूर्वअध्यक्ष तथा प्राडा बद्रीविशाल पोखरेलले भने, 'यौन व्यापार सामाजिक फोहर हो । यसको सफाइको अभियान सराहनीय छ ।' नगरलाई बदनाम हुनबाट रोक्न यौन व्यापारलाई निर्मूलीकरण गर्न आवश्यक रहेको उनले बताए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget