राजविराज-,
असार २२ - सप्तरीमा आज आमा-छोराको निर्मतापूर्वक हत्या गरिएको छ ।
मल्हनियाँ गाविस २ का फुलेश्वर यादवकी ३५ वषिर्या श्रीमती रिताकुमार यादव र
१२ वषिर्य छोरा मनिसकुमार यादवको हत्या भएको हो ।पारिवारिक विवादले फुलेश्वरका सहोदर दाई रामेश्वर यादवले भाई बुहारी र भतिजालाई कोदालो प्रहार गरी हत्या गरेको आरोपमा उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी राजकुमार बैदवारले जानकारी दिए । हत्या गरिएका आमा-छोराको शवलाई पोष्टमार्टमकालागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ ।
Post a Comment