news and more entertainment

लोग्ने वैदेशिक रोजगारमा,पत्नी चोरीमा

 काठमाडौं,असार१८–मकवानपुर हर्नामाडीकी रीता श्रेष्ठको जीवनमा एकाएक परिवर्तन आयो। पति वैदेशिक रोजगारमा खाडी मुलुकमा गएपछि रीताले अनौठो पेसा अँगालिन्।
कालान्तरमा त्यो पेसा उनका लागि अभिशाप बन्यो। रीताको पेसा थियो, गहना चोरी। पसलमा गहना किन्‍ने बहानामा न्युरोडका ठूल्ठूला गहनापसलमा घन्टौं बिताउने रीताले चोरेरै गहना थुपारिन्। महानगरीय प्रहरी अपराध महाशाखामा गत असार ३ गते न्युरोडको अष्टमंगल ज्वेलरी पसलबाट सुनको सिक्री चोरिएको उजुरी परेपछि रीताको कर्तुतबारे प्रहरीले अनुसन्धान सुरु गर्‍यो।गहना पसलमा राखिएको सीसीटीभी फुटेजमा रीताको कर्तुत देखेपछि प्रहरीले उनलाई न्युरोडबाट सोमबार पक्राउ गर्‍यो।
रीता पक्राउ गर्न पुगेको प्रहरी टोली एकछिन अक्कनबक्क पर्र्यो। रीताको नाक, कान, घाँटी, नाडी र खुट्टामा गहनाले झकिझकाउ थियो। ठूलै घरानियाँ परिवारकी बुहारीजस्तो देखिएकी रीताले सुरुमा प्रहरीको अरोप अस्वीकार गरिन्। जब प्रहरीले सीसीटीभीमा गहना चोर्दै गरेको दृश्य देखाइदियो, तब रीता आफ्नो कर्तुत स्वीकार्न बाभ्य बनिन्।

महानगरीय प्रहरी अपराध महाशाखाका चोरी पिलरका प्रमुख डीएसपी ओम अधिकारीले भने,‘अन्य चोरीका घटनाभन्दा यो अलि फरक किसिमको छ। रीता गहना चोर्न मात्रैका लागि गहनापसल पुग्दैन थिइन्। कहिलेकाहीं गहना खरिदसमेत गर्थिन्, पसलका साहुलाई विश्वासमा लिएपछि गहना चोर्ने उद्देश्य सफल पार्थिन्।’ ललितपुर धापाखेल बस्दै आएकी रीताले गहना चोर्न जाँदा खुट्टामा सुनकै पाउजु लगाएर जान्थिन्। डीएसपी ओमका अनुसार रीताले धेरै मोडेलका गहना देखाउनुस् भन्दै त्यसमध्ये एउटा चोरी गर्थिन्, जुन साहुलाई पत्तै हुँदैनथ्यो।आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबरछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget