news and more entertainment

जेलमा खान र बस्न ठाउँ नभएपछि हत्यारालाई छाडियो

एक हत्यारालाई बेलायतको एक जेलले राख्ने ठाऊँ र लगाउने लुगा नभएपछि जेलबाट मुक्त गरिदिएको छ । एक बृद्ध महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका २३ वर्षीय जुड निकै अग्लो भएको र जेलमा उनलाइ बस्न समेत गाह्रो भएपछि जेलबाट मुक्त गरिएको हो ।

बृद्ध महिलाको हत्या र चोरीको आरोपमा पक्राउ परेका ७ फुट २ इन्च अग्ला जुड जति अग्ला मान्छेलाई राख्ने जेल नहुँदा जेल प्रशासनले अपराधीलाई छाड्नुपरेको समाचारहरुमा बताइएको छ ।

हत्याको आरोपमा अदालतबाट सजाय सुनाएपछि जेल लगिएका जेडलाई जेल पुर्याएपछि प्रहरीलाई पसिना नै छुट्यो । उनको उचाईका कारण न त बस्ने ठाऊँनै मिल्यो न त उनलाई कैदीको कपडा नै मिल्यो । निकै अग्लो भएका कारण जेलका स-साना कोठामा उनी अटाउन सकेनन् भने कैदीलाई दिइने खानाबाट उनी अघाउन समेत सकेनन् ।

जेलको उक्त अवस्थामा पनि जुडले करिब ७५ दिन जेलमा नै बिताए । ७५ दिन निकै कष्टसँग बिताएपछि उनलाई उनको उचाईका कारण जेलमा बस्न निकै गाह्रो भएको र ७५ दिन निकै कष्ट गरेर बिताएको भन्दै अदालतले रिहा गर्ने आदेश दिएको थियो
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget