(एजेन्सी)– अभिनेत्री मिथिला शर्मा (५०) ले पूर्वप्रहरी महानिरिक्षक मोतिलाल बोहरा (७५) सँग विवाह गरेको औपचारिक घोषणा गरेकी छिन् ।
केहि दिन पहिले जिल्ला प्रशासन कार्यलय काठमाडौंमा यी दुईले ‘कोर्ट म्यारिज’ गरेको पारिवारिक श्रोतले जनाएको छ ।
शनिबार काठमाडौंमा आयोजित रिसेप्सनमा पारिवारिक सदस्य, निकट आफन्त र केहि कलाकारहरुको सहभागिता रहेको थियो ।
बोहराको यो दोस्रो विवाह हो । उनकी पहिलो श्रीमतीको एक वर्षअघि निधन भएको
थियो । पत्नीको निधनपछि पारिवारिक पहल र सहमतीमा मिथिलासँगको चिनजानलाई
विवाह रुप दिइएको स्रोतले बताएको छ । केहि समयअघिदेखि यी दुईबीच प्रेम
सम्बन्ध रहँदै आएको छ । महेन्द्र पुलिस क्लबमा कलाकारको रुपमा शर्मा
कार्यरत रहँदा बोहरासँग उनको चिनजान भएको थियो ।

Post a Comment