news and more entertainment

मोदी फर्किएलगत्तै सप्तकोसीका ३३ ढोका बन्द गरिए

इटहरी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भम्रण गरी स्वदेश फर्किए लगत्तै सप्तकोसी व्यारेजका ३३ ढोका बन्द गरिएका छन्। सप्तकोसीमा एक्कासी ३३ ढोका बन्द गरिपछि स्थानिय बासिन्दामा त्रास फैलिएको छ।

 सप्तकोसीमा सोमबारदेखि पानीको बहाव बढेपछि खतरा उत्पन्न भएको अवस्थामा सप्तकोसी व्यारेजका ढोका बन्द गरिएपछि कोशी प्रभावित क्षेत्रका बासिन्दा झन् त्रसित भएका छन्। भारतीय प्रधानमन्त्री नेपाल आउने भएपछि पहिलो पटक कोसी व्यारेजका ५६ ढोका खोलिएका थिए। तर मोदी फर्केलगत्तै ३३ ढोका बन्द गरिएपछि स्थानीय बासिन्दा भयभित भएका छन्।

सोमबार सप्तकोसीमा पानीको बहाव प्रतिसेकेण्ड १ लाख ५७ हजार एक सय ७० क्युसेक भए पनि मंगलबार सप्तकोसीमा पानीको बहाव झन बढेको छ। दिउँसो १ बजे मापन गरिएको सप्तकोशीको पानीको बहाव प्रतिसेकेण्ड एक लाख ६६ हजार ८ सय ५५ रहेको प्रहरी चौकी कोशी व्यारेजका प्रहरी नयाव निरीक्षक खगेश्वर खतिवडाले बताए। पहिरो गएर सुनकोसी खोलिएपछि र पूर्वीपहाडी जिल्लाहरूमा निरन्तर वर्षा भएपछि सप्तकोसीमा पानीको बहाव बढेको हो।

सप्तकोसीमा सबै ढोका खोलिएपछि मोदी फर्किए लगत्तै ३३ ढोका बन्द गरिएको विषयमा स्थानीय प्रशासन भने बेखबर बनेको छ। सप्तकोशीमा ३३ ढोका बन्द गरेर २३ ढोका मात्र खुल्ला गरिएको विषयमा सुनसरीका प्रमुख जिल्ला अधिकारीले आफूलाई जानकारी नभएको बताए। भारत सरकारको नियन्त्रणमा रहेको कोशी व्यारेजमा भारतले आफूअनुकुल मात्र सप्तकोशी व्यारेजका ढोका खोल्ने र बन्द गर्ने गर्दै आएको छ।

त्यसैको परिणमस्वरुप २०६५ साल भदौ २ गते राती सप्तकोशी नदीले पूर्वीतटबन्द भतकाएर कटान गर्दा सुनसरीका श्रीपुर, हरिपुर, पश्चिम कुसाहा, लौकहीलगायतका हजारौं बासिन्दालाई उठिबास बनाएको थियो। यस क्षेत्रमा कोशी कटानले गर्दा हजारौ हेक्टर खेतीयोग्य जमिन मरु भूमी बनाएको थियो।

सप्तकोसीमा ३३ ढोका बन्द गरिएपछि सुनसरीको महेन्द्रनगर, प्रकासपुर, बराहक्षेत्रको खाली जमिन कोसीले कटान गर्न थालेको छ। बिनाजानकारी सप्तकोसीमा ३३ ढोका बन्द गरेपछि सुनसरीको प्रकासपुर, महेन्द्रनगर,पश्चिम कुसाहा लगायतका सर्वसाधारण आतकिंत बनेका छन्। सप्तकोसीमा ३३ ढोका बन्द गरेपछि महेन्द्रनगर र प्रकासपुर गाविसमा पर्ने श्रीलङका टापुका बासिन्दालाई ठूलो समस्या परेको छ। स्थानीयवासिन्दाले कोशी व्यारेजमा बर्षाको समयमा कम्तिमा ४० ढोका खोल्नुपर्ने माग गरेका छन्। कोशी व्यारेजका प्राविधिकले भने भारत सरकारको निर्देशनमा कोशी व्यारेजका ३३ ढोका बन्द गरिएको बताए।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget