news and more entertainment

भक्तपुरको थप ६ फर्मका कुखुरामा बर्ड फ्लु

काठमाडौ, श्रावण १९ - नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुर पछिल्लो समय बर्ड फ्लुको मारमा परेको छ । यसअघि ८ स्थानमा बर्ड फ्लु भेटिएपछि कुखुरा नष्ट गर्न नभ्याउँदै थप ६ ठाउँका कुखुरामा बर्ड फ्लु रहेको पुष्टी भएको छ ।
पशु सेवा निर्देशनालयले गरेको परीक्षणमा भक्तपुरका बिभिन्न ६ फर्मका कुखुरामा बर्ड फ्लु भेटिएको बिशेषज्ञ बिजयकान्त झाले जानकारी दिए ।

किरण सुवालको झौखेल-५, अजय ओझाको दुवाकोट-३, ईश्वरी थापाको सिपाडोल-२, लक्ष्मण ग्वाछाको नंखेल, मदन खिसीको सिपाडोल-९ स्थित फर्मका कुखुरामा बर्ड फ्लु पुष्टी भएको हो । खिसीको तीन फर्ममा बर्ड फ्लु भेटिएपछि नष्ट गरिसकिएको थियो । आज बर्ड फ्लु भेटिएका सबै स्थानमा कुखुरा नष्ट गर्ने कार्य जारी छ ।
शुक्रबारसम्म भक्तपुरका ८ फर्ममा रहेका कुखुरामा बर्ड फ्लु भेटिएपछि नष्ट गरिएको छ । भक्तपुरका अधिकांश फर्मका कुखुराहरु परीक्षणको लागि पठाइएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख खगेन्द्र भट्टले जानकारी दिए ।
बर्डफ्लु पुष्टी भएपछि उपत्यकाका तीनै जिल्लामा बिहीबार देखि कुखुरा ओसारपसारमा रोक लगाइएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget