news and more entertainment

इजिप्टमा द्विपक्षीय भिडन्त गोली प्रहार पन्ध्रको मृत्यु

कायरो, श्रावण ३० - पूर्व राष्ट्रपति मोहमद मोर्सीको समर्थनमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गरेको कारबाहीमा १५ को मृत्यु भएको छ ।
मङ्गलबार मुस्लिम ब्रदरहुडका कार्यकर्ताहरुले राजधानी कायरोमा नै विभिन्न शिविरको स्थापना गरी विरोधलाई निरन्तरता दिने बताएका थिए ।
ती शिविरहरु हटाउन सुरक्षा निकायले दिएको आदेश उल्लङ्घन गरेको भन्दै सुरक्षाकर्मीले अश्रुग्यासको प्रयोग गरी भिड हटाउन खोजेको बताइएको छ ।
सोही क्रममा ब्रदरहुडका कार्यकर्ता र वर्तमान सरकारका समर्थकबीच राजधानी कायरोमै द्विपक्षीय भिडन्त भएको थियो । सो भिडन्तका क्रममा दुवै पक्षका कार्यकर्ताहरु घाइते भएका पनि बताइएको छ ।
इजिप्टको मुख्य प्रतिपक्षी दल मुस्लिम ब्रदरहुडले राजधानी कायरोलगायत बिभिन्न स्थानमा पूर्व राष्ट्रपति मोर्सीको समर्थनमा प्रदर्शन गर्र्र्र्दै आइरहेका छन् ।

इजिप्टमा गत जुलाई ३ मा त्यहाँको सैनिकले पूर्व राष्ट्रपति मोहमद मोर्सीलाई अपदस्थ गरेको थियो । उक्त कदम सच्याउनुपर्ने मागसहित मोर्सीको दल मुस्लिम ब्रदरहुडका कार्यकर्ताहरुले आन्दोलन गरिरहेका छन् ।
उक्त दलले आफ्ना नेता एवम् सैनिकले अपदस्थ गरेको विरोधमा उक्त दलले मङ्गलबार पनि प्रदर्शनलाई निरन्तरता दिएको हो ।
उक्त दलले आफ्ना नेताको रिहाइको मागगर्दै विगतदेखि नै प्रदर्शन गर्दै आएको छ । पूर्व राष्ट्रपति मोर्सीलाई त्यहाँको सेनाले सैनिक हिरासतमा राखेको छ ।
इजिप्टको राजधानी कायरोमा सेना र मोर्सीका समर्थक गरी दुवैपक्षका कार्यकर्ताको प्रदर्शनमा झडपहरू जारी नै रहेका छन् । हरेक दिनजसो हुने यी झडपहरुमा कैयौँ नागरिकको ज्यान जाने गरेको छ ।
प्राप्त पछिल्लो समाचारमा गएको जुलाई ३ देखि जारी रहेका यी प्रदर्शनमा परी आजसम्ममा कम्तीमा पनि २५० जनाको ज्यान गइसकेको बताइएको छ ।
गत हप्तामात्र संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले पूर्व राष्ट्रपति मोर्सीलाई रिहा गर्न र त्यहाँ वार्ताका माध्यमबाट प्रजातन्त्रको बहालीका लागि  अग्रसर रहन आग्रह गरेका थिए ।
साथै उनले सबैजनाको सहभागितामा हुने समावेशी राजनीतिक एवम् शान्तिपूर्ण प्रक्रिया नै इजिप्टमा हाल देखिएको समस्याको समाधान हो भनेका थिए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget