news and more entertainment

उपत्यकामा कुखुरा ओसारपसार रोकेपछि मर्नेक्रम बढेदो

काठमाडौं, श्रावण २० - राजधानीका थप ८ वटा कुखुरा र्फममा बर्डफलु पुष्टि भएको छ । बर्डफ्लू संत्रासले सरकारले व्यवसायीलाई कुखुरा ओसारपसारमा लगाएको रोकले बर्डफ्लू पुष्टि हुन सघाएको हो । उपत्यकामा कुखुरा ओसारपसार रोकेपछि मर्नेक्रम बढेको र त्यस्ता कुखुरामा गरिएको परीक्षणले बर्डफ्लु पुष्टि भएको अधिकारीहरुले बताएका छन् । यसले उपत्यका बर्ड फ्रलुको उच्च जोखिममा देखिएको छ । साउन २ गतेदेखि बुधबारसम्म काठमाडौं उपत्यकामा १६ ठाउमा देखिएको बर्डफ्लू शनिवारसम्म २७ ठाउ फैलिएको छ ।  
पशु सेवा निर्देशनालयका कार्यक्रम निर्देशक डा. बिजयकान्त झाले उपत्यकामा थप ८ स्थानमा बर्डफलुको भाइरस देखिएको पुष्टि गरे । ओसार पसारमा रोक नलगाउदा व्यवसायीले संक्रमित कुखुरासमेत बजार पठाएर ढांट्ने गरेका थिए । यसले फ्लु पत्ता लगाउन अप्ठेरो परेकेा थियो । कुखुरा मर्ने क्रम बढेपछि केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशालामा परिक्षण गराउन पठाउने क्रम पनि बढेको छ ।
'परिक्षण गराउन ल्याउनेको सख्या दैनिक दश भन्दा बढी छ,'उनले भने,'अझै धेरै र्फममा बर्डफलु देखिन सक्छ ।' सरकारी निर्णयपछि खोरको कुखुरा मर्नेको संख्या बढेर घाटा सहनु भन्दा थोरैभएपनि सरकारले दिने क्षतिपूति लिन व्यवसायीले परिक्षणमा पठाउने गरेको कृषि मन्त्रालयका अधिकारीहरु बताउछन । बर्डफ्लुको जिवाणु भेटिने क्रम बढेपछि प्रशासनले कुखुरा ओसार पसारमा बिहीबारदेखि एक सातासम्म रोक लगाएको छ ।
'यसअघि रातारात रोगी कुखुरा  बजारमा बिक्रि गरेर लगानी उठाउन खाजेका थिए,'मन्त्रालयका एक अधिकारीले भने,'उनीहरुले मानव स्वास्थ्यमा खेलबाड गर्दै नाफा कमाउन खोजेपछि ओसार पसारमा रोक लगाएको हो ।' रोगी कुखुरा नष्ट गर्न नचाहने  र्फम पत्ता लगाउन पनि ओसार पसारमा रोक लगाउनु परेको सरकारी अधिकारीहरु बताउछन । रोगी कुखुरा ओसार पसारमा रोक नलगाउदा भक्तपुरको कुखुरा काभ्रे, ललितपुर, काठमाडौं र बिरगञ्जसम्म पठाएका थिए ।
भक्तपुरको देवी फिड, लक्ष्मण ग्वाछा लगायतको कुखुरा धेरै मरेपनि ओसार पसारमा रोक नलगाएसम्म परिक्षणका लागि पठाएको थिएन । तर, सरकारी निर्णयपछि परिक्षणमा पठाएको ग्वाछाको र्फमको कुखुरामा बर्डफलुको भाइरस भएको पुष्टि भएको छ । उनको र्फमको कुखुरा शनिबार नष्ट गरेको छ । देवी फिडकको कुखुरा अत्याधिक मर्न थालेपछि सुडालमा सारेको स्रोतको दाबी छ । सरकारी निर्णय संगै उनको र्फमले पनि नमुना परिक्षणमा पठाएको छ ।
भक्तपुरमा बर्डफलुको संक्रमण एक पछि अर्को र्फममा बढै गएको छ । केही व्यवसायीले आफनो लगानी उठाउन रोकी कुखुरा बजारमा लगेपछि संक्रमण बढदै गएको हो । नंखेल र सिपाडोल गाबिसको कुखुरा र्फममा मात्रै देखिएको बर्डफलु अन्य गाबिसको र्फममा पनि देखिन थालेको छ ।
एउटा र्फमको कुखुरा नष्ट गर्न नपाउदै प्ररिक्षणमा पठाएको नमुनामा बर्डफलु देखिएपछि नष्ट गर्न समस्या भएको छ । 'प्राविधिको कुनै कमी छैन,'झाले भने,'तर, कामदारको पाउन मुस्किल छ ।' कतिपय र्फम बस्तीको बीचमा रहेको छ । त्यस्तै चित्तपोलको काठमाडौं फन भ्याली पार्क संगैको र्फमको कुखुरा गतराती नष्ट गरेर सकाएको छ ।  भक्तपुरमा यसअघि ८ स्थानमा बर्ड फ्लु भेटिएपछि कुखुरा नष्ट गर्न नभ्याउूदै किरण सुवालको झौखेल-  ५, अजय ओझा दुवाकोट ३,  इश्वरी थापा सिपाडोल २,  बलराम किसी सिपाडोल ९, लक्ष्मण ग्वाछा नंखेल, सुवाल बिडिङ सिपाडोल २ को र्फममा बर्डफलु देखिएको निर्देशनालयले जनाएको छ । त्यस्तै किर्तिपुरक १२ मा दुर्गाराज गुरुङ र मानबहादुर घर्तीको र्फममा देखिएको हो । किसीको तीन फर्ममा बर्ड फ्लु भेटिएपछि यसअघि नष्ट गरिसकिएको छ ।  किसीको जिजे हयाचरीको जेजे हयाचरी ३४ हजार ४ सय ८१ चल्ला र  १ लाख ७२ हजार ५ सय ९ अण्डा नष्ट गरेको पशु सेवा कार्यालय भक्तपुरका प्रमुख खगेन्द्र भट्टले बताए । बर्ड फ्लु भेटिएका सबै स्थानमा कुखुरा नष्ट गर्ने कार्य भइरहेको कार्यालयले जनाएको छ । निर्देशनालयका अनुसार अहिलेसम्म १ सय २१ ठाउमा बर्डफलु देखिएको छ । त्यसमा साउनमा मात्रै साउनमा ३२ ठाउमा देखिएको छ ।
६७ जनाको स्वास्थ्य परीक्षण
कुखुरा नष्ट गरेको फर्म वरीपरीका बासिन्दा बिरामी भएपछि सरकारी निकायले चासो देखाएको छ । भक्तपुर २ जगातीस्थित बिमल धिमसुको र्फमको मंगलबार राती नष्ट गरेको कुखुरा कुहिएर दुर्गन्ध फैलिएपछि स्थानीय बिरामी परेका थिए ।
रुघाखोकी, ज्वरो, टाउको खख्ने, वाकवाकी लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने लगायतको समस्या देखिएको थियो । स्थानीयले उपचार नपाएको समाचार बाहिर आएपछि जिल्ला जनस्वास्थय कार्यालयको टोलीले शनिबार ६७ जनाको स्वास्थ्य परिक्षण गरेको छ । 'परिक्षण गरेका सबैलाई एउटै लक्षण पायौ,'जनस्वास्थ्य प्रमुख अर्जुनकुमार अधिकारीले भने,'तर, बर्डफलुको लक्षण भने होइन ।' मारेको कुखुरा नष्टपछि व्यवस्थित रुपमा नगाडदा दुर्गन्ध फैलिएर स्थानीय बिरामी परेको उनले बताए । गन्धको कारणले टोउको दुख्ने, वाकवाकी लाग्ने, रुघाखोकी हुने उनले बताए । 'गन्ध सहन नसकेर धेरैलाई इलर्जी भएको हो,'उनले भने । परिक्षण गराउन आउनेमा बच्चा देखि बृद्धासम्म थिए ।
टोलीले दिएको औषधिले पनि निको नभए भक्तपुर अस्पताल वा टेकु स्थित शुक्रराज सरुवा रोगमा जान टोलीले सुझाव दिएका छन् । स्वास्थ्यकर्मीले परिक्षण गर्न आएका बिरामीलाई एन्टिबाइटिक, सिटामोल लगायतको औषधि निःशुल्क प्रदान गरेका थिए ।
सरकारी टोलीले लापरबाही गरेर मरेको कुखुरा गाडेको समाचार प्रकाशित भएपछि पशु सेवा निर्देशनालयका अधिकारीहरु शनिबार निरिक्षणका लागि जगाती  पुगेका थिए । गाडने ठाउ सानो भएकोले दुर्गन्ध फैलिएको झाले बताए । त्यस्तै दुर्गन्ध हटाउन मरेको कुखुरा पुरिएको ठाउमा अन्यत्रबाट माटो लगेर पुर्ने भएको छ । सुली, मल, भुत्ला भएको स्थानमा चुन छर्कन झाले पशु कार्यालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget