news and more entertainment

६० हजार नेपाली महिला कामदार साउदीमा बेपत्ता

२१ साउन, काठमाण्डौं । गैरकानुनी रुपमा साउदी अरबमा ६० हजारभन्दा बढी घरेलु महिला कामदार (हाउसमेड) पुगेको भनिए पनि अहिलेसम्म करिब १ सय ८० बाहेकले स्वदेश फिर्तीको ‘आउट पास’ लिएका छैनन् ।
आममाफी घोषणाको पौने तीन महिना अवधिमा करिब ३५ हजार पुरुष कामदारले दूतावासबाट ‘आउट पास’ लिइसकेका छन् । तर यही अवधिमा स्वदेश र्फकन चाहने महिला कामदारको यो संख्या अत्यन्तै न्यून हो ।
भारतीय बाटो हुँदै साउदी पुगेको र र्फकनलाई समस्या परेको खबर आइरहने गरे पनि आममाफीमा भने उनीहरुले चासो दिएका छैनन् । आप्रवासी कामदारका लागि कार्यरत संस्थाहरुले महिला कामदारसम्म आममाफीको सूचना नपुगेकाले उनीहरुले अवसर लिन नसकेको बताएका छन् ।
‘हाउसमेडलाई यो खबर थाहै हुँदैन्,’ हाल नेपाल आएका एनआरएनए साउदीका सल्लाहकार इन्जिनियर धरम केसीले भने, ‘मुख्य कुरा सूचनाकै अभाव हो, अनि आममाफीको प्रक्रियाबारे थाहा नहुनु पनि हो ।’
साउदीमा नेपाली महिला कामदार मुख्यतः भारत हुँदै पुग्ने गरेको कान्तिपुर दैनिकमा खबर छ ।
केही खाडीका देश कुवेत, कतार, ओमन, बहराइन, यूएईका घरमा लगिएकालाई साहुले आफन्तलाई ‘उपहार’ भन्दै साउदी पुर्‍याउने गरेका छन् । साउदीस्थित नेपाली दूतावासले भने त्यहाँ घरेलु कामदार लैजान प्रमाणीकरण दिने गरेको छैन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget