news and more entertainment

असन्तुष्टले उच्चस्तरीयसँग वार्ता गर्दै, चुनाव खारेज मूख्य एजेण्डा

काठमाडौं, २२ साउन । आगामी मंसिर ४ गतेका लागि तय भएको संविधानसभा निर्वाचन र वर्तमान सरकारको विपक्षमा रहँदै आएका नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा लगायतले आज उच्चस्तरीय राजनीतिक समितिसँग वार्ता गर्दैछन् ।

उच्चस्तरीय राजनीतिक समितिले बिनाशर्त वार्ताका लागि आब्हान गरेपछि ३३ दलीय मोर्चा वार्तामा बस्न सहमत भएको हो । त्यस्तै समग्र पछिल्लो राजनीतिक घटनाक्रमसँग असन्तुष्टी जनाउँदै आएको उपेन्द्र यादव नेतृत्वको मधेशी मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले पनि आज उच्चस्तरीय राजनीतिक समितिसँग वार्ता गर्दैछ ।

–माओवादीसहित ३३ दलीय मोर्चा, यादव, राई नेतृत्वले उच्चस्तरीयसँग छुट्टाछुट्टै वार्ता गर्न लागेको हो । यादव, राई नेतृत्वले बिहान ११ बजे र ३३ दलीय मोर्चाले दिउँसो १ बजे उच्चस्तरीयसँग वार्ता गर्ने जनाइएको छ । यी मोर्चाहरुसँगको वार्ता समितिको कार्यालय नयाँबानेश्वरमा हुने तय भएको बताइएको छ ।

यसैबीच ३३ दलीय मोर्चाले सोमबार –माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा बैठक गरी वार्ताका लागि आफ्नो एजेण्डा तय गरेको छ । मोर्चाले मंसिर ४ गतेका लागि तय भएको चुनावको खारेजी, खिलराज रेग्मी नेतृत्वको वर्तमान सरकारको राजीनामा लगायतका विषयलाई वार्ताको पहिलो एजेण्डाका रुपमा प्रस्तुत गर्ने निर्णय गरेको हो ।

नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा वर्तमान सरकार गठन भएदेखि नै समग्र राजनीतिक घटनाक्रमको विपक्षमा रहँदै आएको छ । उसले २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश, ११ बुँदे राजनीतिक सहमति खारेज हुनुपर्ने र गोलमेच सम्मेलनबाट राजनीतिक निकास खोज्नुपर्ने अडान राख्दै आईरहेको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget