news and more entertainment

कृष्णप्रसाद हत्या प्रकरण:हत्या पार्टीको योजना अनुसार

चितवन, श्रावण ३० - गोरखा फुजेल ७ का कृष्णप्रसाद अधिकारीको हत्या पार्टीको योजना अनुसार भएको तत्कालीन माओवादी पार्टीका सेक्रेटरीले बताएका छन् । घटना पार्टीको योजना अनुसार भएको हो, तत्कालिन विद्रोही माओवादीका चितवन जिल्ला सेक्रेटरी यमबहादुर परियार इन्द्रजित ले भने, अहिले हत्यारा खोजेर पत्ता लगाउन सकिंदैन ।
उनले द्धन्द्धकालिन घटना भएकाले घटनामा संलग्न को कता पुगे थाहा पाउन नसकिने बताए । द्धन्द्धकालमा धेरै घटना भएको र त्यही समयमा कृष्णको पनि हत्या भएको दावी गरे । उनले अहिले आएर घटनाबारे खोजी गर्ने काम भएको बताए । परियारले हत्या पार्टीले गरे पनि कसले गरेको भन्ने प्रस्ट्याउन चाहेनन् । एसएलसी दिएर जयमंगलामा हजुरबाआमालाई भेट्न आएका १८ वर्षीय कृष्णलाई सेनाको सुराकीको आरोपमा चितवनको रत्ननगरस्थित बकुलरबाट माओवादी कार्यकर्ताले कालो पट्टी बांधेर अपहरण गरेका थिए ।
उनलाई अपहरण गरेर कयरखोला पुर्याई सफाया गरिएको भन्दै माओवादी कार्यकर्ताले शव ल्याएर टाँडीबजारमा फालेका थिए । ०६१ जेठ २४ गते हत्यापछि उनको परिवार विक्षिप्त छ । कृष्णको हत्यासँगै उनका बुवा नन्दप्रसाद, आमा गंगामाया र दाइ नूरप्रसाद न्यायका संघर्क्ष गरिरहका छन् । बाबु र आमाले तीन सातादेखि राजधानीमा अमरण अनसन जारी राखेका छन् ।

हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै धर्नादेखि अनशन बसे पछि मंगलबार सरकारले घट्नाको अनुसन्धान गर्न चितवन प्रहरीलाई निर्देशन दिएको छ । हत्याको समयमा माओवादी पार्टीका जनसरकार प्रमुख भने डण्डपाणी पौडेल थिए । परिवारको कसैसँग रीसराग नभएको नन्दप्रसादकी आमा गौरीमायाले बताइन् । बिनाकारण माओवादीले निर्दोष नातिलाई अपहरण गरेर तड्पाईतड्पाई हत्या गरे, ७८ वर्षीया गौरीमायाले भनिन्, तर हत्यारालाई अहिलेसम्म कारबाही भएको छैन । अन्यायमा परेकाले न्याय नपाउने भए किन न्यायालय राख्नुपर्यो ? उनी नातिको हत्या भएदेखि विक्षिप्त छिन् ।
परिवारमा हत्यामा बाबुराम भट्टराईकी पत्नी हिसिला यमीकी पीए जानुका पौडेललगायत संलग्न रहेको भन्दै मृतक कृष्णका दाजु नूरप्रसादले प्रहरीमा किटानी जाहेरी दिएका थिए तर प्रहरीले कुनै चासो दिएको थिएन । उता हत्या आरोप लगाइएका पर्शुराम पौडेलले आफू र परिवार निर्दोष भएको भन्दै बिना कारण आफ्नो परिवारलाई आरोप लगाएर झुटो प्रचार गरिएको दाबी गरे । हत्यामा संलग्न जोसुकै होस् उसलाई कारबाही गरिनुपर्छ, उनले भने, तर बिना प्रमाण अरूको चरित्र हत्या गर्ने गरी हत्यारा भन्दै हाम्रो नाम राखेर प्रचार गर्न पाइदैन ।’ 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget