news and more entertainment

उच्चस्तरीय राजनीतिक समितिले निर्वाचनसँग असन्तुष्ट दलसँगको वार्ता तय

काठमाडौं, श्रावण २१ - उच्चस्तरीय राजनीतिक समितिले निर्वाचनसँग असन्तुष्ट दलसँगको वार्ता तय गरेको छ ।
नयाँ बानेश्वरमा सोमबार बसेको बैठकले मंगलबार बिहान ११ बजे उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग वार्ता समय तय गरेको हो ।
समितिले मंगलबार दिउँसो १ बजे नै मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसँग वार्ता गर्ने निर्णय भएको एमाओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 'भोलि उहाँहरुसँग वार्ता गर्ने निर्णय भएको छ,' श्रेष्ठले संवाददाताहरुसित भने ।


समिति बैठकमा सहभागी एमाले नेता रघुजी पन्तले वार्तामा चुनावबाहेक अरु एजेन्डा नभएको बताए । 'प्रमुख दलको एजेन्डा चुनाव नै हो,' उनले भने, 'अडान छैन, वार्तामा बसेपछि छलफल हुन्छ ।'
उच्चस्तरीय राजनीतिक समितिका संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले तेस्रोपटक पत्र लेखेपछि असन्तुष्ट दलहरु वार्तामा बस्न तयार भएका हुन् ।
३३ दलीय मोर्चा वार्तामा बस्ने
यसैबीच माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले उच्चस्तरीय राजनीतिक समितिसँग वार्तामा बस्ने निर्णय गरेको छ । समितिको पत्रबारे छलफल गर्न सोमबार साँझ बसेको बैठकले वार्तामा बस्ने निर्णय गरेको हो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget