news and more entertainment

खेलाडीले पारिश्रमिक पाउनु त कता हो कता, उल्टै खल्तीको पैसा खर्चिनुपर्ने बाध्यता

काठमाडौं, श्रावण २० - भन्न त खेलाडीलाई 'राष्ट्रको गहना' भनिन्छ । तर, उपमाले मात्रै नहुँदो रहेछ । अन्तर्राष्ट्रिय स्तरमा मुलुकको प्रतिनिधित्व गर्दै खेल्न जाने खेलाडीले पारिश्रमिक पाउनु त कता हो कता, उल्टै खल्तीको पैसा खर्चिनुपर्ने बाध्यता छ ।
खेलाडीकै हकहितका लागि क्रियाशिल संस्थाहरुले विदेशमा खेल्न पठाउदा रकम असुल्ने गरेका छन् । नेपाल उसु संघ, अखिल नेपाल टेबलटेनिस संघ र नेपाल बास्केटबल संघले विदेशमा प्रतियोगिता जादा  खेलाडीबाटै पैसा उठाएको थाहा हुन आएको छ । कुनै पनि प्रतियोगितामा नेपाली टिम वा खेलाडीलाई लैजाने जिम्मा सरकार, राष्ट्रिय खेलकुद परिषद (राखेप) र सम्बन्धित संघको हुन्छ ।
उसु संघले गत वर्ष असोजमा मकाउमा भएको चौथो जुनियर वल्र्ड उसु च्याम्पियनसिपमा तीन खेलाडी (रिन्जी शेर्पा, चाहना बम्जन लामा र विशाल थापा स्याङ्जाली) बाट जनही करिब १ लाख ३० हजारका रूपैंया उठाएका हुन् । यस्तै, संघले २०६७ मा सिंगापुरमा भएको तेस्रो जुनियर वल्र्ड उसु च्याम्पियनसिप र २०६८ सांघाईमा भएको छैटौं एसियन जुनियर उसु च्याम्पियनसिपमा जाूदा पनि खेलाडीबाटै पैसा उठाएका थिए । सिंगापुर जाँदा पाच खेलाडीले प्रत्येकले करिब १ लाख ५० हजार र संघाई जाँदा छ खेलाडीले करिब १ लाख ३० हजार उठाएका थिए ।
टेबल टेनिसमा पनि खेलाडीहरू आफै पैसा तिरेर विदेश जान बाध्य छन् । पाँच महिनाअघि जर्मनीमा भएको वल्र्ड च्याम्पियनसिपमा खेल्न जादा खेलाडीद्धय शिव शंकर गोथे र रञ्जित सिंह रायमाझिले जनही करिब ९०/९० हजार रूपैंया खर्च गर्नु परेको थियो । यस्तै, दक्षिण कारियामा दुई महिना अघि भएको एसियन च्याम्पियनमा जादा ११ खेलाडीले जनही करिब ३०/३० हजार रूपैंया खर्च गरेका थिए ।
'कोरिया जान राखेपले चार कोटामात्र दिए पनि हामीले आफै पैसा हालेर गएका हौं,' एक खेलाडीले भने । उनका अनुसार ठूला प्रतियोगितामा खेल्न नजादा अनुभवको कमि हुने र दक्षिण एसियाली खेलकुदमा पनि राम्रो गर्न सकिने हुन्छ । त्यसैले राम्रा प्रतियोगितामा सहभागितामात्र जनाउनु पनि राम्रो हुन्छ ।'
यस्तै, बास्केटबल टिम सन् २०१२ मा ग्रीसमा थ्री अन थ्री वल्र्ड च्याम्पियनसिप खेल्न टिमका चार सदस्य विनोद महर्जन, राजिब जोशी, सदिश प्रधान र रोबिन खत्रीले जनही ७५/७५ हजार रूपैंया हालेर गएका थिए । देशका लागि खेल्दा सधै आफ्नो खर्चमा जान नसक्ने भन्दै एक खेलाडीले निराशा पोखे, 'पैसा भए त सधै जाउूला, तर घरको आर्थिक अवस्थानै कमजोर छ भने के गर्ने ?'
बास्केटबल संघका अध्यक्ष लामा टेन्टी शेर्पाले भने खेलाडीसूग पैसा उठाउनु बाध्यता रहेको बताउछन् । 'हाम्रो आर्थिक स्रोत नै छैन् । राखेपले पनि भने जति  रकम दिदैन । के गर्ने ?', उनले थपे-  'सरकारले नै खेलको स्वरूप र प्रकृति हेरेर खेलकुद नीति बनाउनु पर्छ । कुन खेललाई कति दिने भन्ने पहिल्यै छुट्टयाउनु पर्छ ।' अन्तर्राष्ट्रिय प्रतियोतिगामा भाग नलिए, देशलाई अन्तर्राष्ट्रिय क्षेत्रले हेर्ने दृष्टिकोणमा खराबी आउने भएकाले खेलाडीबाट उठाएरै भए पनि पठाउनु परेको उनको भनाई छ ।
उसु संघका अध्यक्ष दीपक सरकारले पनि खेलाडीसँग पैसा उठाएको स्वीकार गरे । उनले भने, 'पैसा नपुग्ने भएपछि हामीले उठाएका हौं ।' उसु खेलाडी चाहनाले झन विगत चार वर्षमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जादा करिब ४ लाख ५० हजार रूपैंया खर्च गरिसकेकी छन् ।
राखेपका सदस्य सचिव युवराज लामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सबै खेल र खेलाडीलाई सरकारले खर्च दिन नसक्ने बताउूछन् । उनले भने, 'पदकको सम्भावना भएका खेल र खेलाडीलाई मात्र हामीले रकम दिन्छौं । विदेशमा घुम्न जाने खेलाडीलाई सरकारले खर्च गर्दैन ।'
तर नेपाली खेलाडीको प्रदर्शन उनको भनाईको ठिक उल्टो भएको छ । अघिल्ला दुई/तीन प्रतियोगितामा सहभागिता जनाएका खेलाडीले तेस्रो वा चौथोमा गएर त्यस अघिका अनुभवका आधारमा सफलता हात पारेका छन् । देशका लागि पदक ल्याएका छन् ।
लामाको भनाई मान्ने हो भने कुनै पनि खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा गएर पदक नै जित्नु पर्छ । लामाले अन्तर्राष्ट्रिय स्तरमा हरेक खेलाडीबाट पदक ल्याउने खेलाडीलाई सरकारले लगानी गर्ने बताएका छन् । नेपाली संघका पदाधिकारीहरू अन्य स्रोतबाट आर्थिक संकलन गर्न सक्दैनन् र आफ्नै खेलाडीलाई त्यसको सिकार बनाउने गर्छन् ।
संघ र राखेपको काम मिहिनेती खेलाडीलाई तनाब नदिनु र प्रतियोगिताका लागि सम्पूर्ण तयारी गरिदिनु भए पनि दुवै यस विषयमा चुकेको सरोकारवाला बताउछन् । राखेपले खेलाडीबाटै पैसा उठाउने संघलाई कारबाही गर्न नसकेको उनीहरुको गुनासो छ । 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget