news and more entertainment

मैले तिन ओटा गल्ति गंरे : प्रचण्ड

पोखरा, श्रावण २३ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियामा आएपछि राष्ट्रिय राजनीतिमा आफूले तीन वटा गल्ती गरेको बताएका छन् । पोखरामा बुधबार आयोजित कार्यक्रममा दाहालले आफूले गरेका गल्तीबाट सिकेर अघि बढ्ने बताए । दाहालले स्वीकारेको पहिलो गल्ती हो-पहिलो संविधानसभाको निर्वाचनपछि तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नदिनु । यसअघि आफूहरुको कमजोर भएको भन्दै आएका दाहालले भने, 'निर्वाचनको नतिजाले हामी अलि बढी मनोगत भयौं, गिरिजाबाबुलाई राष्ट्रपति बनाएर म प्रधानमन्त्री हुनुपर्थ्यो, त्यसमा म प्रचण्डकै गल्ती भयो, मैले नै दिन नचाहेको हो ।

दाहालले स्वीकारेको अर्को गल्ती हो, कटवाल प्रकरण । सरकारमा आएपछि पनि काम गर्ने शैलीको कमजोरीले सो प्रकरण हुन पुगेको उनको भनाइ छ । दाहालको स्वीकारोक्ति छ- 'विद्रोहबाट आएर सरकारको नेतृत्व गरेका हामीले तीन महिना पछि रिटायर्ड हुन लागेका सेनापतिलाई कारवाही गर्नु भूल भयो ।'
दाहालले संविधानसभा विघटन अघि राज्य पुर्नसंरचनाको बिषयलाई मतदानमा नलैजानु अर्को गल्ती भएको प्रष्टीकरण दिए । बहु नाम दिएर १० प्रदेश बनाउने सहमति भएर पनि पछि कांग्रेस र एमालेले धोका दिएको चर्चा गर्दै दाहालले भने, 'मैले मतदान मै जानुपर्छ भनेर अडान लिएको भए, दुई तिहाईले संविधान बन्थ्यो तर त्यो गर्न सकिन ।'
आफ्ना गल्तीबारे खुलेरै बोलेका दाहालले आफू नरम स्वभावको मानिस भएको समेत भन्न भुलेनन् । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको खुवै तारिफ गरेका दाहालले शान्ति सम्झौताको हस्ताक्षरकर्ता मध्ये आफू मात्र रहेकाले मुलुकलाई अघि बढाउने चुनौती र अवसर रहेको बताए ।
१२ बुँदे सहमतिपछि प्राप्त उपलव्धि समाप्त पार्ने प्रयास भएको भन्दै दाहालले भने, 'गणतन्त्रका लागि योगदान गरेका गिरिजावावु यतिवेला स्वर्गमा हुनुहुन्छ, तर परिवर्तन विरोधीहरुले उहाँलाई स्वर्गबाट नर्कमा पुर्‍याउने प्रयास गरेका छन् a

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget